२०८३ वैशाख १७ गते बिहीवार | April 30, 2026

गृहपृष्ठ पौडी खेल्ने क्रममा नदीमा डुबेर एक युवकको मृत्यु

पौडी खेल्ने क्रममा नदीमा डुबेर एक युवकको मृत्यु

तिलोत्तमा । तिनाउ नदिमा डुबेर बुटवलका एक युवाको मृत्यु भएको छ । शनिवार दिउसो गर्मी छल्न भन्दै पाल्पाको तिनाउ गाउंपालिका वडा नंं २ स्थित तल्लो सिद्धबाबा नजिकै तिनाउ नदिमा पौडी खेल्न गएको बेला डुबेर उनको मृत्यु भएको हो ।

गोलपार्क प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक हिरा बहादुर महतका अनुसार बुटवल उपमहानगरपालिका वडा नं। ८ तिनकुने बस्ने २२ वर्षिय हेमन्त शर्माको खोलामा डुबेर मृत्यु भएको हो । चारजना साथीसंगै पौडी खेल्न गएका उनी दिउसो चारबजेतिर खोलामा डुबेको प्रहरीले जनाएको छ ।

प्रहरी सहायक निरिक्षक महतले पौडी खेल्न गएका पांचजना मध्ये चारजना खोलामा डुबेपनि पौडी खेल्न जानेका एकजनाले बांकि तिनजनालाई उद्धार गर्न सफल भएपनि शर्माको भने उद्धार गर्न नपाउंदै मृत्यु भएको बताएका छन् । प्रहरीले मृत्यु भएका शर्माको शव पोष्टमार्टमको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पठाईएको जनाएको छ । हरेक वर्ष गर्मी छल्न भन्दै तिनाउ नदिमा पौडी खेल्न जाने दुईतिन जना युवाहरुको डुबेर मृत्यु हुने गरेको छ ।

यो पनि

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार