२०८३ असार १३ गते शनिवार | June 27, 2026

गृहपृष्ठ आईपीएल- दिल्ली क्यापिटल्सको दोस्रो जित

आईपीएल- दिल्ली क्यापिटल्सको दोस्रो जित

एजेन्सी । दिल्ली क्यापिटल्सले ईन्डियन प्रिमियर लिग टी-ट्वान्टी क्रिकेट (आईपीएल) मा दोस्रो जित निकालेको छ ।

आइतबार राति भएको खेलमा पन्जाब किङ्सलाई ६ विकेटले पराजित गर्दै दिल्लीले दोस्रो जित निकालेको हो ।

पन्जाबले दिएको १ सय ९६ रनको लक्ष्य दिल्लीले १८ ओभर २ बलमा ४ विकेट गुमाएर पूरा गर्यो ।

दिल्लीका लागि शिखर धवनले ९२ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै पृथ्वी शले ३२ रन जोड्दा कप्तान ऋषव पन्तले १५ रनमा आउट भए ।

Image

मार्कुस स्टोनिस २७ रनमा अविजित रहे । ललित यादव १२ रनमा अविजित रहे ।

पन्जाबका झे रिचार्डसन्ले २ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९५ रन बनाएको थियो ।

पन्जाबका लागि ओपनरद्वय मायांक अग्रवाल र लोकेश राहुलले अर्धशतकीय इनिङ्स खेले ।

अग्रवालले ६९ रनको अर्धशतकीय इनिङ्स खेल्दा कप्तान राहुलले ६१ रनको अर्धशतकीय इनिङ्स खेले ।

दिपक होडाले अविजित २२ रन जोड्दा शाहरुख खानले अविजित रहदै १५ रन जोडे ।

Image

क्रिस गेल ११ तथा निकोलस पुरन ९ रनमा आउट भए ।

दिल्लीका क्रिस वोक्स, लुकम्यान मेरिवाला, अभेस खान र कागिसो राबडाले १/१ विकेट लिए ।

यस जितसँगै दिल्लीले ३ खेलमा ४ अंक जोडेको छ । दिल्ली लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

पन्जाब ३ खेलमा २ अंक जोडेको छ । पन्जाब लिगको सातौं स्थानमा रहेको छ ।

Image

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार