२०८३ असार ११ गते बिहीवार | June 25, 2026

गृहपृष्ठ देशका धेरै स्थानमा मेघगर्जनसहित बिहानैदेखि वर्षा, दिनभर मौसम नखुल्ने

देशका धेरै स्थानमा मेघगर्जनसहित बिहानैदेखि वर्षा, दिनभर मौसम नखुल्ने

काठमाडौं उपत्यकासहित आज ९बिहीबार० विहानैदेखि देशका धेरैजसो स्थानमा मेघगर्जनसहित बर्षा भइरहेको छ । वर्षा गराउने मौसम प्रणाली दक्षिण भारतबाट प्रदेश–३ हुँदै प्रवेश गरेको मौसम पूर्वानुमान महाशाखाकी वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् । प्रदेश–२ मा वर्षा गराई अहिले यो प्रणाली क्रमशः बागमती, गण्डकी हुँदै अब प्रदेश–१ तिर सर्ने क्रममा छ ।

 

‘काठमाडौंमा अब ४०–४५ मिनेटपछि पानी पर्न रोकिने सम्भावना देखिएको छ,’ वरिष्ठ मौसमविद् मानन्धरले भनिन्, ‘त्यसपछि वर्षा प्रदेश–१ तिर सर्न सक्छ ।’ तर आज दिनभर देशैभर मौसम खुल्ने सम्भावना छैन ।

 

वरिष्ठ मौसमविद् मानन्धरका अनुसार प्रिमनसुन भएकाले हावाहुरी र चट्याङको सम्भावना पनि रहन्छ । केही दिनयता ठूलो वर्षा नभए पनि पानी परिरहेकाले वायु प्रदूषणको मात्रा केही कम भएको उनको अनुमान छ । ‘तर रातिबाट फेरि मौसम सुधार वर्षा रोकिने हुने देखिएको छ,’ उनले भनिन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार