२०८३ असार ११ गते बिहीवार | June 25, 2026

गृहपृष्ठ आईपीएल – कोलकत्तालाई हराउँदै चेन्नई शीर्ष स्थानमा

आईपीएल – कोलकत्तालाई हराउँदै चेन्नई शीर्ष स्थानमा

एजेन्सी । चेन्नई सुपर किङ्सले ईन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा तेस्रो जित निकालेको छ ।

बुधबार राति भएको खेलमा कोलकत्ता नाइट राईडर्सलाई १८ रनले पराजित गर्दै चेन्नईले तेस्रो जित निकालेको हो ।

मुम्बईमा चेन्नईले दिएको २ सय २१ रनको लक्ष्य सहित जवाफी ब्याटिङ गरेको कोलकत्ता १९ ओभर १ बलमा अलआउट हुँदै २ सय २ रनमा समेटियो ।

कोलकत्ताका लागि पाट कुमिन्सले अविजित रहदै ६६ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् ।

यस्तै आन्द्रे रसेलले ५४ रनको अर्धशतकीय इनिङ्स खेल्दा दिनेश कार्तिकले ४० रन बनाए ।

चेन्नईका दिपक चाहरले ४ विकेट लिए । लुंगी एनजिडीले ३ तथा साम कुरानले १ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ३ विकेट गुमाएर २ सय २० रन बनाएको थियो ।

चेन्नईका लागि फाप डु प्लेसिसले अविजित रहदै ९५ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै रुतुराज गायकवाडले ६४ रनको अर्धशतकीय इनिङ्स खेले ।

मोइन अलीले २५ रन जोड्दा कप्तान महेन्द्र सिंह धोनीले १७ रन बनाए ।

रविन्द्र जडेजा ६ रनमा अविजित रहे ।

कोलकत्ताका वरुण चक्रवर्ती, सुनील नारिन र आन्द्रे रसेलले १/१ विकेट लिए ।

जितसँगै चेन्नई लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

शीर्ष स्थानमा उक्लने क्रममा चेन्नईले ४ खेलमा ६ अंक जोडेको छ ।

कोलकत्ताको यो तेस्रो हार हो ।

कोलकत्ता ४ खेलमा २ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार