गृहपृष्ठ अल्पायुमै ज्यान गुमाएकी छात्रा प्रतिभा सापकोटाको सम्झनामा दिप प्रज्वलन
अल्पायुमै ज्यान गुमाएकी छात्रा प्रतिभा सापकोटाको सम्झनामा दिप प्रज्वलन
प्यारामाउण्ट बोर्डिङ स्कुलमा अध्यनरत छात्रा अचानक अस्वस्थ भएपछि उपचारका लागि अस्पताल लगिएकोमा अल्पायुमै ज्यान गुमाएकी प्रतिभा सापकोटाको सम्झनामा रुपन्देहिको तिलोत्तमा नगरपालिका स्थित मणिग्राम चोकमा दिप प्रज्वलन गरिएको छ उक्त शान्तिपूर्ण दिप प्रज्वलन कार्यक्रममा प्रहरीले लाठी प्रयोग गरि कार्यक्रममा अबरोध गरेको थियो । तिलोत्तमा नगरपालिका वडा नम्बर १ नयाँमिल स्थित प्यारामाउण्ट बोर्डिङ स्कुलमा अध्यनरत छात्राको मृत्यु भएपछि बिद्यालयमा तनाव उत्पन्न भएको थियो ।
विद्यालयको छात्रावासमा बसेर एसईई परिक्षाको तयारी गरिरहेकी नयाँमिलकै प्रतिमा सापकोटा अस्वस्थ भएपछि उपचारका लागि अस्पताल लगिएकोमा अकस्मात मृत्यु भएको थियो । उनलाई शनिवार बिहान उच्च ज्वरो आउने, टाउको दुख्ने र स्वासप्रस्वासमा समस्या देखिए पश्चात अस्पताल लगिएको थियो ।
उनिसगै छात्राबासमा बसेर अध्यययन गरिरहेका अरु विद्यार्थीमा पनि टाउको दुख्ने र ज्वरो आउने समस्या देखिएको थियो । विद्यालयले केही विद्यार्थीहरुलाई घर पठाईसकेको छ भने ३० जना जति विद्यार्थी विद्यालयमै रहेको र पिसिआर परिक्षणको गरेको थियो जसमा सबैको रिपोर्ट नेगेटिभ आएको विद्यालय प्रसाशनले जनाएको छ ।





