गृहपृष्ठ आईपीएल -सुपर ओभरमा दिल्लीको जित
आईपीएल -सुपर ओभरमा दिल्लीको जित
एजेन्सी । दिल्ली क्यापिटल्सले ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा चौंथो जित निकालेको छ । चेन्नईमा आइतबार राति भएको खेलमा सनराईजर्स हैदरावादलाई सुपर ओभरमा पराजित गर्दै दिल्लीले चौंथो जित निकालेको हो । दिल्लीले दिएको १ सय ६० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५९ रन जोडेपछि खेल सुपर ओभरमा गएको थियो ।
सुपर ओभरमा हैदरावादले ७ रन जोड्यो । जवाफमा दिल्लीले ८ रन जोड्दै खेल आफ्नो बनायो । सुपर ओभरमा जानु अघि हैदरावादका केन विलियम्सनले अविजित रहदै ६६ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै जोनी बेयर्स्टोले ३८ रन बनाए । जगदीश सुचिथ १५ रनमा अविजित रहे । दिल्लीका अभेस खानले ३ तथा अक्षर पटेलले २ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १ सय ५९ रन बनाएको थियो । दिल्लीका लागि पृथ्वी शले ५३ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै कप्तान ऋषव पन्तले ३७ रन जोड्दा स्टिभ स्मिथले अविजित ३४ रन बनाए । शिखर धवन २८ रनमा आउट भए । हैदरावादका सिदार्थ कउलले २ विकेट लिए । राशिद खानले १ विकेट लिए ।
जितसँगै दिल्ली लिगको दोस्रो स्थानमा उक्लिएको छ । दिल्लीले ५ खेलमा ८ अंक जोडेको छ । हैदरावादको यो चौंथो हार हो । हैदरावादले ५ खेलमा २ अंक जोडेको छ ।





