२०८३ वैशाख १८ गते शुक्रवार | May 01, 2026

गृहपृष्ठ काठमाडौँको कलंकी केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँको कलंकी केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं |  काठमाडौंको कलंकी  आसपास क्षेत्र केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले बुधबार विहान १ बजेर ५९ मिनेटमा ३.५ म्याग्‍निच्यूडको भूकम्प गएको जानकारी दिएको हो ।

भूकम्पको धक्काले कुनै पनि क्षति पुर्याएको विवरण आएको छैन ।

यो पनि पढौ 

काठमाडौं । पोखरा थन्डर्सले पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा पहिलो जित निकालेको छ ।

बुधबार भएको खेलमा विराटनगर एफसीलाई १-० गोल अन्तरले पराजित गर्दै पोखराले पहिलो जित निकालेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पोखरालाई जित दिलाउन नवयुग श्रेष्ठले निर्णायक गोल गरे ।

विराटनगरविरुद्ध पोखराले सुरुवातबाटै खेलमा पकड जमाएको थियो ।

खेलको चौंथो मिनेटमा पोखराका पदम मोक्तानको लामो फ्रिकिकमा राफेल रिमगगोले कनेक्ट गर्न सकेनन् ।

खेलको नवौं मिनेटमा मौसा अब्बाको पेनाल्टी बक्सबाटको प्रहार बाहिरिएको थियो ।

४२ औं मिनेटमा विराटनगरका पेड्रो मान्जीले वान भर्सेस वानमा गोल गर्न सकेनन् ।

खेलको ५४ औं मिनेटमा डिबक्सको ठिक भित्रबाट पोखराका कप्तान नवयुग श्रेष्ठको पावरफुल सट विराटनगरका गोलकिपर किशोर गिरीले बचाए ।

खेलको ६१ औं मिनेटमा पोखराका रबि पासवानको प्रहार क्रसबारमा लाग्दै बाहिरिएको थियो ।

खेलको ८३ औं मिनेटमा नवयुगले गोल गर्दै पोखरालाई १-० को अग्रता दिलाए ।

मौसा अब्बाको फ्रिकिकमा नवयुगले उत्कृष्ट हेडमार्फत गोल गरे । जुन गोल खेलको निर्णायक गोल बन्यो ।

खेलमा नवयुग प्लेयर अफ दि म्याच चुनिए । उनले २५ हजार प्राप्त गरे ।

प्रोमोसिङ प्लेयर अफ दि म्याच पोखराका नितिन थापा चुनिए । उनले १० हजार हजार प्राप्त गरे ।

जितसँगै पोखराले २ खेलमा ३ अंक जोडेको छ ।

पहिलो खेलमा पोखरा बुटवल लुम्बिनीसँग २-० ले पराजित भएको थियो । पोखरा चौंथो स्थानमा रहेको छ ।

विराटनगरको यो पहिलो हार हो । पहिलो खेलमा विराटनगरले धनगढी एफसीलाई ३-० ले हराएको थियो ।

विराटनगरले २ खेलमा ३ अंक जोडेको छ । विराटनगर दोस्रो स्थानमा रहेको छ  ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार