२०८३ वैशाख ५ गते शनिवार | April 18, 2026

गृहपृष्ठ प्रचण्ड पत्नि सीता दाहालको आइसियुमा राखेर उपचार हुदै अवस्था चिन्ताजनक

प्रचण्ड पत्नि सीता दाहालको आइसियुमा राखेर उपचार हुदै अवस्था चिन्ताजनक

काठमाडौ । फेरी स्वास्थ्यमा समस्या आएर मंगलवार अस्पताल भर्ना गरिएकी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाललाई आइसीयुमा राखेर उपचार सुरु गरिएको छ ।

उनलाई स्वास्थ्य अवस्थामा थप जटिलता आएपछि ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ।उनी पार्किन्सन्स्जस्तै जटिल रोग पीएसपीवाट ग्रसित छन् । छोरा प्रकाशको मृत्यु पछि उनको स्वस्थ्य थप जटिल बन्दै गएको छ । पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले पत्नी सीताको उपचारका लागि विदेशका अस्पतालहरुमा समेत लगिसकेका छन् ।

यो पनि

कोरोनाको औषधी बनाएँ, संक्रमितले पत्याए अरू वास्तै गर्दैनन….

भैरहवाका आयुर्वेदाचार्य डा. बद्री गौतमले आफूले तयार पारेको जडीबुटी औषधीबाट कोरोना भाइरस संक्रमणका बिरामी निको भएको बताएका छन् । उनले आफूले बनाएको औषधीको नाम ‘अर्कबटी’ राखेका छन् । तीन दशकदेखि जडीबुटीमा अनुसन्धान गर्दै आएका आयुर्वेदाचार्य डा। गौतमले कोरोना संक्रमित १५३ जनाले उक्त औषधि सेवन गरेकोमा १३५ जना निको भइसकेको बताए ।

 

डा. गौतमका अनुसार बाँकी १८ जना बिरामीले पनि औषधि सेवन गरिरहेका छन् । नेपालमा पाइने ५ प्रकारका जडीबुटी र स्वर्ण घटक द्रव्य मिश्रण गरी आयुर्वेदिक औषधीको गोली तयार पारेका उनको भनाइ छ । चीनको वुहान प्रान्तमा कोरोना भाइरसका कारण मानिसको मृत्यु भएको खबर सुन्नसाथ जडिबुटीबाट औषधी  बनाउन आफूले अध्ययन थालेको उनले बताए । २५ सय वर्षपहिले अत्रि ऋषिले पत्ता लगाएको सूत्रअनुसार श्वासप्रश्वास र पाचन नलीमा हुने रोग निको पार्न प्रयोग गरिएको जडिबुटी नै कोरोना भाइरसको औषधि बन्नसक्ने ठानेर सोही विधिअनुसार औषधी तयार पारेको डा। गौतमले बताए ।

 

निजीरूपमा १५ लाख रुपैयाँ खर्च गरेर ‘अर्कबटी’ आयुर्वेदिक औषधि तयार पारेको उनको भनाइ छ । डा. गौतमका अनुसार कोरोना भाइरस संक्रमण सुरु हुनुअघि उनको नाकमा मासु पलाएको थियो । साथीहरूले उपचारका लागि भारत जान सुझाएका थिए । उनले भने, ‘मैले आफैँ औषधि बनाएर प्रयोग गरेँ, ५ दिनमै नाकको घाउ निको भयो, रुघाखोकी लागेका बिरामी निको भए ।’ कोरोना भाइरस देखिएपछि उनले औषधि बनाएर प्रचार नगरी चिनेका साथीहरूलाई दिए । उनीहरूलाई ठिक भयो । भारतबाट आएका आफ्ना साथीहरूलाई पनि दिए । सबै निको भए, माग बढदै गयो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार