२०८३ वैशाख ५ गते शनिवार | April 18, 2026

गृहपृष्ठ २० बर्ष कैद सजाय भएको फरार ब्यक्ति  जिल्ला प्रहरी कार्यालय रुपन्देहीको नियन्त्रणमा

२० बर्ष कैद सजाय भएको फरार ब्यक्ति  जिल्ला प्रहरी कार्यालय रुपन्देहीको नियन्त्रणमा

रुपन्देही जिल्ला अदालत रुपन्देहीको मिति २०६४।०१।१८ गतेको फैसलाले कर्तव्य ज्यान मुद्धामा २० बर्ष कैद सजाय भई हाल सम्म फरार अभियुक्तलाई प्रहरीले नियन्त्रणमा  लिएको छ ।

रुपन्देही गजेडी गाविस वडा नं १ लौसा, वसाई सराई गरी  चितवन गितानगर गाविस वडा नं ७ बाट नेपाली नागरिकता प्रमाण पत्र बनाई हाल विगत माघ महिना देखि जिल्ला रुपन्देही कञ्चन गाँउपालिका वडा नं २ हात्तीबजार स्थितमा कुखुरा फारम खोली बस्ने बर्ष ३७ को यूवराज ढकाल भन्ने भुवन ढकाललाई ईलाका प्रहरी कार्यालय सालझण्डी रुपन्देहीबाट खटिएको प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिई आजै फैसला कार्यान्वयनको लागी रुपन्देही जिल्ला अदालत  पठाईएको रुपन्देही  प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक सत्यनारायण थापा जानकारी दिनुभयो ।

यो पनि

रुपन्देही प्रशासनको ज्यादती : निषेधाज्ञा उल्लंघनको आरोपमा तीनजना कारागार चलान !

निशेधाज्ञाको पहिलो दिन रुपन्देही प्रहरीले तीन जनालाई एक महिनाका लागि कारागार चलान गरेको छ । उनीहरु माथि निषेधाज्ञा उल्लंघन गरेको आरोप छ ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट जारी भएको निषेधाज्ञाको अवज्ञा र प्रहरीसँग विवाद गरेको भन्दै प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएकोमा प्रतिव्यक्ति नौ हजार एक सय रुपैयाँ जरिवाना तिर्न नसकेका तीनजना कारागार चलान भएका हुन् ।

कारागार चलान भएकाहरुमा रुपन्देहीको मायादेवी गाउँपालिका–४का २७ वर्षीय दिनेश यादव, सिद्धार्थनगर नगरपालिका–८ का २८ वर्षीय श्याम दुबे र मायादेवी–२ का ३४ वर्षीय महेन्द्र कोहार रहेका जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी सत्यनारायण थापाले बताए ।

‘नियन्त्रणमा लिइएका ७ जना पुरुष र एक महिलामध्ये पाँचजना पुरुषले भने नौ हजार एक सय र एक महिलाले ६ सय रुपैयाँ जरिवाना तिरेर छुटे, जरिवाना तिर्न नसक्ने तीनजना एक महिना थुनामा गए,’ उनले भने ।

प्रहरीले निषेधाज्ञाको अवज्ञा गरेको भन्दै पहिलो दिन १ हजार २० वटा सवारी साधन होल्डमा राखेर छाडेको छ । जसमध्ये ५० वटा सार्वजनिक सवारी साधन, १० वटा निजी सवारी साधन, १८० वटा मालवाहक सवारी साधन, ७१० वटा मोटरसाइकल, ७० वटा साइकल र २०० जना प्रदलयात्रीलाई होल्डमा राखेर छाडिएको डीएसपी थापाले बताए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार