गृहपृष्ठ पानीको रुपमा अमृतको वर्षा किसानलाई हर्ष
पानीको रुपमा अमृतको वर्षा किसानलाई हर्ष
धेरै समय पछि माटो मज्जाले भिज्ने गरि पानी परेपछि रुरुक्षेत्र गाउँपालिकाका किसान हरुले आकाश बाट पानी होइन अमृत वर्षेको प्रतिक्रिया दिएका छन । वैशाखको पहिलो हप्ता घुइटो वासिटो र असिना समेत परेपछि कताकति मकै छरेका यो क्षेत्रका किसानलाई शनिवार परेको पानीले राहत दिएको छ । धेरै जसो किसान हरुले मकै नछरेको र अहिले पारेको पानीले मकै छर्न पाइने र पहिलो साता छरेको मकैलाइ त झन यो पानी अमृत नै भएको टिप्पणी रुरु ३ फल्लेखर्कका किसान कृष्ण राज ज्ञवालीको छ ।
बारि लतक्क नभिजेसम्म मकै छर्नुको अर्थ छैन यो पानीले वारि मज्जाले भिजेको छ अब मकै लगाएत बेलापतेला लगाउन उपयुुक्त हुन्छ रुरु ३ गौतम टोलका ज्ञानराज गौतमको भनाइ छ ।
पानी अलि बढि परेपछि मात्रै हाम्रो भट्कुवाको माटो भिज्छ यो पानीले अब मकै छर्न मिल्ने भयो रुरु १ भटकुवाका रामहरि ज्ञवालीको भनाइ छ ।
पहिले धुलैमा मकै छरेकालाइ त झन यो पानीले धेरै राम्रो गरेको छ । मकै उम्रिन नसकेर बसेको बेला पानी साँच्चै एउटा अौषधिको रुपमा बर्षेको छ । टुसा देखिएका मकैमा यो पानी गुवोमा पुगेर मकैमा लागेका किरा मार्ने काम गरेको छ भने उम्रिन नसेका मकैलाइ उमार्ने छ ।
बैशाखमा पानी परेपछि किसानहरुको मकै लाउने सिजन हो ।बैशाखमा छरेको मकै भदौमा पाक्छ । मकै सँगै बारीमा काँक्रा बोडि फर्सि लगाएतका लहरे बालि लगाइने हुँदा यो पानीको विशेष महत्त्व छ ।
रुरुक्षेत्रका सबै वडा हरुमा मकै प्रमुख बाली हो ।परम्परा देखि गरिदै आएको नकै बाली मकैबाट बन्ने परिकार हरु आटो काँत्रा बनाएर बनाइने मकैको पिठोको रोटि सातु यी परिकार हरु यो क्षेत्रको प्रमुख खाना हो त्यसमा पनि मकैको आटो त भात को साटो यो क्षेत्रमा खाइन्छ । मकै एक परिकार अनेकको रुपमा स्थापित परम्परावादि खेति मकै छर्न यो पानी परे सँगै किसान हरु कतै हलो जुवा गोरु सँगै त कतै हातेट्याक्टर लिएर बारीमा बिहानै देखि पुगिसकेको देखिएको छ ।





