गृहपृष्ठ हामी त डुब्छौ, तिमीलाई पनि लिएरै डुब्छौँ भन्दै झाँक्रीले गरिन यस्तो ट्वीट
हामी त डुब्छौ, तिमीलाई पनि लिएरै डुब्छौँ भन्दै झाँक्रीले गरिन यस्तो ट्वीट
नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले आफूहरू डुब्ने टिप्पणी गरेकी छन् । सामाजिक सञ्जालमा बुधवार एक ट्वीट गर्दै उनले सत्यनास हुनबाट र डुब्नबाट जोगिनु छ भने दम्भ छाड्नुपर्ने बताएकी छन् ।
उनले प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओलीतर्फ लक्षित गर्दै भनेकी छन्, ’हामी त डुब्छौ नै। हामी सत्यनास हुनु नै छ, तिमीलाई पनि लिएरै डुब्छौँ। यदी तिम्रो सत्यनास हुनबाट र डुब्नुबाट जोगिनु छ भने किनारा खोज। विचार गर, दम्भ, अहङ्कार र जिद्दी छोड।
हिन्दीमा एउटा कहावत छस् हम तो डूबेंगे ही सनम्, आपको भी ले डूबेंगे‘ अगर डुब्नें से बच्ना है तो किनारा ढुढों।’






