गृहपृष्ठ भैरबनाथ दर्शन गरि हेर्नुहोस आज २०७८ वैशाख २४ गते शुक्रबारको तपाइको राशिफल
भैरबनाथ दर्शन गरि हेर्नुहोस आज २०७८ वैशाख २४ गते शुक्रबारको तपाइको राशिफल
मेष : वैचारिक मतभेद सिर्जना हुनसक्छ । साना–तिना समस्याले सताउँछ । पारिवारीक खटपट बढ्न सक्नेछ । बोलीविपरीतको अर्थ लाग्न सक्छ । खर्च बढ्ने योग छ ।
वृष : आज मानसिक चिन्ता बढ्नेछ । शरीर भारी र आलस्य होला । श्रमको उचित मुल्याङ्कन भएपनि सानातिना झैझमेलामा फस्नु पर्ला । प्रेम सम्बन्ध मध्यम रहनेछ ।
मिथुन : आत्मविश्वास बढ्नेछ । सामाजिक दायित्व बढ्नेछ । पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । आफन्तसँग भेट हुनेछ । आर्थिक पक्ष मजबुद बन्नेछ । स्वास्थ्य सुधारोन्मुख हुनेछ।
कर्कट : श्रमको उचित मूल्याङ्कन हुनेछ । साथीभाइको भेटघाटले मन प्रफुल्ल रहला । आर्थिक लाभ रहला । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । तर महत्वपूर्ण योजना गोप्य नराखे नजिकका व्यक्तिबाट वाधा आइपर्ला ।
सिंह : सौन्दर्यतामा धन खर्च हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । आँटेको र ताकेको कार्य पूरा होला । न्यायीक क्षेत्रमा सफलता मिल्ला । प्रेम सम्बन्ध कसिलो बन्नेछ ।
कन्या : अनावश्यक ठाउँमा धन खर्च हुनेछ । नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । लगानी गर्नु उपलब्धीमूलक नहोला । अतिथीको सेवा होला ।
तुला : अग्रजको आशिर्वाद रहनेछ । नोकरी तथा व्यवसायको क्षेत्रमा पदोन्नतीको योग छ । आकस्मिक धन लाभ होला । शत्रु कमजोर हुनेछन् । जोश जाँगर र हिम्मत बढ्नेछ ।
वृश्चिक : कला, साहित्य तथा सँगीतमा रुचि बढ्नेछ । कार्य शिद्धिको योगछ । मनमा उत्साहका साथै बोली विक्ने समय छ । शुभकार्यको चर्चा चल्नेछ ।
धनु : पूरानो स्वास्थ्य समस्या बल्झिन सक्छ। शैक्षिक क्षेत्रको काम सोचे अनुरूपले नबढ्नाले दिग्दारी महसुस हुन सक्छ । असीमित धन खर्चले चिन्ता बढाउनेछ । योजना अनुरूपको काम नहुन सक्छ ।
मकर : अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । चिताएको कामले तीव्रता लिनेछ । गरेको कार्यमा सफलता पाईनेछ । पुनर्मिलनको योग रहेको छ ।
कुम्भ : शैक्षिक क्षेत्र अब्बल रहनेछ । सन्तान सुख मिल्नेछ । साथीभाई र आफन्तको प्रगतिमा मन रमाउनेछ । सेयरबजार र भूमी सम्बन्धीको कारोबारबाट अधिक लाभ मिल्न सक्छ ।
मीन : वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । चिताएको कामले तीव्रता लिनेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । शुभ समाचार सुन्नमा आउला ।




