गृहपृष्ठ सास फेर्न अफ्ठ्यारो भयो ? खोकी लाग्यो ? वायु प्रदूषणले हो कि कोरोना भाइरसले ?
सास फेर्न अफ्ठ्यारो भयो ? खोकी लाग्यो ? वायु प्रदूषणले हो कि कोरोना भाइरसले ?
हाल केही दिन यता नेपाल वायु प्रदूषणको चपेटामा परिरहेको छ। नेपाल सरकारले केही दिन अगाडि बालबालिकाको स्वास्थ्यलाई मध्ये नजर गरेर बिद्यालयहरु समेत बन्द गरेको थियो। तर दुर्भाग्यवश, यही बेला नेपालमा कोरोना संक्रमितको संख्या पनि बढ्दो क्रममा छ। हाल सरकारले डढेलोलाई वायु प्रदूषण हुनुको प्रमुख कारक मानेको छ। वायु प्रदूषण र कोरोना संक्रमण दुवैको शुरुवाती स्वास्थ्य समस्याहरु लगभग मिल्दो जुल्दो हुने हुँदा मानिसहरु प्रदूषणले कि कोरोना भाइरसले होला भनेर अलमलमा पर्ने गरेको पाइन्छ।
अनाश्यक रुपमा अस्पताल जाँदा कोरोनाको जोखिम त छदैछ। अमेरिकी सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) का अनुसार यी निम्न लक्षणहरुको आधारमा कोरोना संक्रमण होरहोइन भनेर अनुमान गर्न सकिनेछ। यी निम्न लक्षणहरु वायु प्रदुषणले (डढेलो) नभई कोरोना संक्रमणको कारणले हुन् सक्नेछ।
१. ज्वरो आउनु
२. जाडो महसुस हुनु
३. मंशपेशिका वा जिउ दुख्नु
४. वाकवाक लाग्नु वा बान्ता हुनु
५. पखाला लाग्नु
६. स्वाद हराउनु
७. गन्ध थाहा पाउने क्षमतामा ह्रास आउनु
तर यी निम्न लक्षणहरु भने दुवै वायु प्रदुषण (डढेलो) र कोरोना संक्रमणमा देखिन सक्नेछ।
१. खोकी (सुख्खा) लाग्नु
२. घाँटी दुख्नु वा खस खसाउनु
३. सास फेर्न अफ्ठ्यारो हुनु
४. टाउको दुख्नु
५. थकित हुनु
वायु प्रदुषण (डढेलो) तथा कोरोना संक्रमण दुवै हुँदा देखिने समान लक्षणहरु भए थप जानकारीहरु लिँदा छुट्याउन सहज हुनेछ। जस्तै, हालै कोरोना भाइरस फैलिरहेको ठाउँको भ्रमण इतिहास भएरनभएको, कोरोना संक्रमितसंग भेटघाट भएरनभएको वा संगै बस्दै आएकोरनआएको, काम गर्ने स्थानमा कसैलाई संक्रमण पुष्टि भएरनभएको, कुनै सभारसम्मेलनरपार्टीरउत्सवरसमारोहमा सामेल भएरनभएको जस्ता प्रश्नहरु कोरोना संक्रमण होरहोइन भनेर छुट्याउन महत्वपूर्ण हुनेछ। त्यसपछि भने प्रयोगशाला परीक्षणको लागि पठाउन सकिने छ। प्रयोगशाला परीक्षणबाट मात्र कोरोना भाइरसको निदान गर्न सकिनेछ।
(डा पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिट संयोजक हुन्। )





