२०८३ साउन १५ गते शुक्रवार | July 31, 2026

गृहपृष्ठ आज यस्तो रहनेछ देशभरको मौसम ?

आज यस्तो रहनेछ देशभरको मौसम ?

मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न भू(भागहरुमा चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

महाशाखाले जारी गरेको मौसम पूर्वानुमानका अनुसार आज देशमा पश्चिमी न्यून चापीय प्रणाली, देशको दक्षिण भूभाग नजिक विकसित भएको न्यून चापीय क्षेत्र तथा बंगालको खाडीको जलवाष्प युक्त हावाको प्रभाव रहेकोले वर्षा हुन सक्ने सम्भावना रहेको छ ।

यस्तै, महाशाखाले हाल भने देशभर आंशिकदेखि सामान्य बदली भइरहेको समेत जनाएको छ । यसैगरी, आज दिउँसो देशका पहाडी भू(भागका धेरै स्थानहरूमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू(भागहरुमा आंशिकदेखि सामान्य बदली रहने पूर्वानुमानमा उल्लेख छ ।

यस्तै, दिउँसो देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै, राति देशका पहाडी भू(भागका धेरै स्थानहरूमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू(भागहरुमा आंशिक देखि सामान्य बदली रहने छ ।

देशका थोरै स्थानमा मेघगर्जन, चट्याङ्ग, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार