२०८३ असार ११ गते बिहीवार | June 25, 2026

गृहपृष्ठ नेताहरूको दौडधुप चलिरहेका बेला रिसाएर झाँक्रीले, ट्वीटरमा लेखिन यस्तो सन्देश

नेताहरूको दौडधुप चलिरहेका बेला रिसाएर झाँक्रीले, ट्वीटरमा लेखिन यस्तो सन्देश

नेकपा (एमाले) का वरिष्ठ नेता माधव नेपाल पक्षीय नेतृ रामकुमारी झाँक्रीले राजनीतिक विषयमा उधारो सम्झौता हुन नसक्ने बताएकी छन् । एमालेका नेताहरूबीच विवाद समाधानका लागि वार्ता चलिरहेका बेला नेतृ झाँक्रीले राजनीति व्यक्तिगत लेनदेनको मामिला नभएकाले उधारो सम्झौता नहुने बताएकी हुन् ।

शुक्रबार ट्विटमार्फत नेतृ झाँक्रीले जनता, राष्ट्र, संविधान र व्यवस्थाको रक्षाका लागि जुनसुकै जोखिम उठाउन तयार हुनुपर्ने पनि उल्लेख गरेकी छन् । बिहीबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारी र नेता नेपालबीच भेटवार्ता भएको थियो । बिहीबार दिउँसो नै विष्णु पौडेल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्टसहितका नेताहरूबीच पनि भेटवार्ता भएको थियो ।

“राजनीति व्यक्तिगत लेनदेनको मामिला होइन । राजनीतिक विषयमा उधारो सम्झौता पनि हुनसक्दैन । युद्धमा होमिएका क्रान्तिकारीहरूका निम्ति विजय र मृत्युको बराबर सम्भावना हुन्छ । जनता, राष्ट्र, संविधान र व्यवस्थाको रक्षाका लागि जुनसुकै जोखिम उठाउन तयार हुनुपर्छ,” उनले ट्विटरमा लेखेकी छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार