२०८३ असार ११ गते बिहीवार | June 25, 2026

गृहपृष्ठ नेपाल सुपर लिग -धनगढीलाई हराउँदै बुटवल प्ले अफमा

नेपाल सुपर लिग -धनगढीलाई हराउँदै बुटवल प्ले अफमा

काठमाडौं । बुटवल लुम्बिनी एफसी पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को प्ले अफमा प्रवेश गरेको छ ।

शनिबार भएको खेलमा धनगढी एफसीलाई १-० गोल अन्तरले पराजित गर्दै बुटवल प्ले अफमा पुगेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुटवललाई जित दिलाउन सुमन लामाले निर्णायक गोल गरे ।

सुमनले खेलको ८० औं मिनेटमा निर्णायक गोल गरेका हुन् । ओमोलाजा करिमको पासमा उनले गोल गरे ।

 

जितसँगै बुटवलले ६ खेलमा ८ अंक जोडेको छ । र, बुटवल चौंथो स्थानमा रहदै प्ले अफमा पुगेको हो ।

बुटवलको जितसँगै पोखरा थन्डर्स भने प्रतियोगिताबाट बाहिरिएको छ । पोखरा ८ अंक जोडेपनि हेड टु हेडको आधारमा बुटवलसँग पछि पर्यो।

धनगढी भने यस अघि नै प्ले अफमा पुगिसकेको छ । धनगढीले ६ खेलमा १० अंक जोडेको छ ।

बुटवलको जितसँगै प्रतियोगिताको प्ले अफमा पुग्ने चार टिमको टुंगो लागेको छ ।

प्रतियोगितामा बुटवल र धनगढीसँगै काठमाडौं रेजर्स र ललितपुर सिटी एफसीले प्ले अफमा स्थान बनाएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार