२०८३ असार १४ गते आइतवार | June 28, 2026

गृहपृष्ठ हेर्नुहोस नेपालमा आज सोमबार कुन उमेरका कति संक्रमित थपिए ?

हेर्नुहोस नेपालमा आज सोमबार कुन उमेरका कति संक्रमित थपिए ?

नेपालमा पछिल्लो २४ घण्टामा कोभिड १९ का ९ हजार २७१ जना संक्रमित थपिएका छन् । जसमध्ये ९ वर्षसम्मका बालबालिका १९३ जना र १० देखि १९ वर्षका ५५६ जना रहेका छन् ।

त्यस्तै, २० देखि २९ सम्मका १ हजार ९८५ जना रहेका छन् । पछिल्लो २४ घण्टामा संक्रमित हुनेहरुमा सबैभन्दा धेरै ३० देखि ३९ वर्षका नागरिक २ हजार २५२ जना छन् । ४० देखि ४९ वर्षका १ हजार ६५२, ५० देखि ५९ वर्षका १ हजार २९८ जना, ६० देखि ६९ का ७०९ जना छन् ।

त्यस्तै, ७० देखि ७९ का ३१० जना, ८० देखि ८९ का ११० जना, ९० देखि १०० वर्ष उमेरका १७ जना र उमेर नखुलेका ४५ जना छन् । अहिले देशभर ९१० जना आईसीयूमा र २९५ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार