२०८३ वैशाख १७ गते बिहीवार | April 30, 2026

गृहपृष्ठ जहाँका महिला कहिल्यै बुढा हुँदैनन, ७० बर्षमा पनि जन्माउँछन् बच्चा

जहाँका महिला कहिल्यै बुढा हुँदैनन, ७० बर्षमा पनि जन्माउँछन् बच्चा

बुढो नहुने कोही मान्छे होला र रु तर तपाईलाई आज हामी विश्वासै नलाग्ने एउटा खबर सुनाउँदैछौँ । यो संसारमा एउटा यस्तो ठाउँ छ, जहाँका ७० वर्षका वृद्धा महिलाहरु पनि १७ वर्षे उमेरका झैँ तन्नेरी र सुन्दर देखिन्छन् । यो यथार्थ पाकिस्तानको अधिनस्थ काश्मीरको गिलगिट इलाकास्थित हुन्जा उपत्यका एउटा गाउँको हो ।

बिभिन्न आदिवासी मध्येको एक हुन्जा आदिवासी त्यहाँ बस्छन्, जो कहिल्यै बुढा नै हुँदैनन् भन्दा हुन्छ । यो आदिवासीका महिलाहरु बुढो उमेरमा पनि जवान र सुन्दर नै देखिन्छन् ।

पानी जम्ने जाडोमा समेत चिसो पानीले नुहाउने उक्त आदिवासी समुदायका महिलाहरुले ६५।७० वर्षको उमेरमा पनि बच्चा जन्माउने गर्छन् । यो समुदायका मानिसहरुको औषत आयु सय बर्ष भन्दा माथि हुने गरेको जनाईएको छ । जसरी धेरै बाँच्ने र जवान देखिने प्रमुख कारण भनेकै उनीहरुको खानपान नै हो ।

उनीहरुले आफ्नो भोजनमा अत्यधिक मात्रामा फलफूल तथा जडिबुटीहरु समावेश गर्दछन् । अन्नपात पनि आफ्नै वारीमा उत्पादन गरेको ताजा र स्वस्थ मात्रै खाने गर्छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार