२०८३ वैशाख १७ गते बिहीवार | April 30, 2026

गृहपृष्ठ विकेश र तेज राष्ट्रिय टिमबाट बाहिर ,बन्द प्रशिक्षणका लागि खेलाडीको सूची

विकेश र तेज राष्ट्रिय टिमबाट बाहिर ,बन्द प्रशिक्षणका लागि खेलाडीको सूची

काठमाडौं । नेपाली टिमका नियमित सदस्य तथा गोलकिपर विकेश कुथु र मिडफिल्डर तेज तामाङ राष्ट्रिय टिमबाट बाहिरिएका छन् ।

विश्वकप छनोट र इराकसँगको मैत्रीपूर्ण खेलका लागि एन्फाले बोलाएको बन्द प्रशिक्षणमा विकेश र तेज तामाङ परेका छैनन् ।

कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले बन्द प्रशिक्षणका लागि छनोट गरेको ३२ खेलाडीको सूचीमा विकेश र तेज नपरेका हुन् ।

यस अघि एन्फाले निकालेको सूचीमा दुबै खेलाडी थिए । तर, नेपाल सुपर लिग सकिएपछि प्रशिक्षक अब्दुल्लाहले निकालेको नयाँ सूचीमा दुबै खेलाडी नपरेका हुन् ।

यस्तै अजित भण्डारी,संजोक राई, छिरिङ गुरुङ र त्रिदेभ गुरुङ पनि अटाएका छैनन् । चोटका कारण मिडफिल्डर सुजल श्रेष्ठ पनि टिममा परेका छैनन् ।

सुरज जिउ ठकुरी, कमल थापा, गौतम श्रेष्ठ, आयुष घलान र मनिष डाँगी पहिलो पटक टिममा परेका छन् ।

त्यस बाहेक सुमन अर्याल, पुजन उपरकोटी र नितिन थापा टिममा फर्किएका छन् ।

आगामी महिना इराकसँग हुने मैत्रिपूर्ण र विश्वकप छनोट खेलका लागि नेपालले बुधबारबाट प्रशिक्षण थालेको हो । नेपालले मे २९ मा बसरा अन्तराष्ट्रिय मैदानमा इराकसँग खेल्ने तालिका रहेको छ ।

नेपालले इराकसँगको मैत्रिपूर्ण खेलपछि फिफा विश्वकप छनोट र एसियन कप छनोटका बाँकी तीन खेल्नेछ । छनोटमा अब नेपालले अष्ट्रेलिया, जोर्डन र चाईनिज ताईपेसँग प्रतिस्पर्धा गर्नेछ ।

कुवेतमा हुने छनोटको बाँकी खेल अन्तर्गत नेपालले जुन ३ मा ताइपे, जुन ७ मा जोर्डन र जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ ।

बन्द प्रशिक्षणमा डाकिएको नेपाली टिम :

गोलरक्षक : किरण चेम्जोङ, विशाल सुनार, दीप कार्की

डिफेन्डर : रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, रजिन धिमाल, गौतम श्रेष्ठ, निशान खड्का, अमित तामाङ, सुमन अर्याल, विकास खवास

मिडफिल्डर : विशाल राई, मनिष डाँगी, एरिक विष्ट, कमल थापा, नितिन थापा, सन्तोष तामाङ, सेसेहाङ आङदेम्बे, सुमन लामा, सुनिल बल, सुरज जिउ ठकुरी, पुजन उपरकोटी, आयुष घलान, विवेक बस्नेत, रवी पासवान

फरवार्ड : भरत खवास, अभिषेक रिजाल, अन्जन विष्ट, दर्शन गुरुङ, नवयुग श्रेष्ठ, आशिष लामा

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार