२०८३ वैशाख ५ गते शनिवार | April 18, 2026

गृहपृष्ठ आज नेपालमा कुन उमेरका कति संक्रमित थपिए ?

आज नेपालमा कुन उमेरका कति संक्रमित थपिए ?

नेपालमा पछिल्लो २४ घण्टामा कोभिड १९ का ९ हजार २४७ जना संक्रमित थपिएका छन् । जसमध्ये ९ वर्षसम्मका बालबालिका २१९ जना र १० देखि १९ वर्षका ६४६ जना रहेका छन् ।

त्यस्तै, २० देखि २९ सम्मका २ हजार १४ जना रहेका छन् । पछिल्लो २४ घण्टामा संक्रमित हुनेहरुमा सबैभन्दा धेरै ३० देखि ३९ वर्षका नागरिक २ हजार २२० जना छन् । ४० देखि ४९ वर्षका १ हजार ७२२, ५० देखि ५९ वर्षका १ हजार २१८ जना, ६० देखि ६९ का ६८८ जना छन् ।

त्यस्तै, ७० देखि ७९ का ३०७ जना, ८० देखि ८९ का ११८ जना, ९० देखि १०० वर्ष उमेरका १३ जना र उमेर नखुलेका ३३ जना छन् । अहिले देशभर १ हजार २५९ जना आईसीयूमा र ४०० जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो पनि

खुशीको खबर भारतले बनायो कोरोनाको ‍औषधी, आज सार्वजनिक गर्दै

भारतले कोरोना भाइरस विरुद्धको औषधी तयार पारेको दाबी गरेको छ । आइतबार भारतको केन्द्र सरकारको रक्षा मन्त्रालयले ट्वीट गर्दै कोरोना भाइरसको ‍औषधी तयार भएको र सोमबार बिहान सार्वजनिक गर्न लागेको जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार रक्षा मन्त्री राजनाथ सिंहले सोमबार २-डीजी नामक औषधि सार्वजनिक गर्दैछन् । यसलाई भारतमा कोविड-१९ संक्रमित बिरामीको लागि तयार पारिएको पहिलो ‍औषधी भनिएको छ ।

यो औषधी भारतको रक्षा अनुसन्धान र विकास संगठन (डीआरडीओ) द्वारा बनाइएको हो । यो ‍औषधिलाई भारत सरकारले आपतकालीन प्रयोगको लागि अनुमति दिएको छ। सामान्य प्रयोगको लागि अनुमति नपाएसम्म यो औषधि बजारमा तत्काल उपलब्ध हुने छैन । यो औषधि पाउडरको रूपमा तयार पारिएको छ । यसलाई सबैभन्दा पहिले डीआरडीओ कोभिड अस्पतालमा भर्ती भएका बिरामीलाई दिइने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

डीआरडीओका अधिकारीहरूका अनुसार देशभरका २७ अस्पतालमा यसको अन्तिम परीक्षण गरिएको थियो ।

राजनाथ सिंहले ट्वीट गर्दै भनेका छन् ‘डीआरडीओ इन्स्टीच्युट अफ न्युक्लियर मेडिसीन एण्ड अलायर साइन्सेजले औषधी बनाउने कम्पनी डाक्टर रेड्डीज़ लेबोरेट्रीजको साथमा मिलेर यो खोप तयार पारेको हो ।’ यो औषधीले कोभिड-१९ का बिरामीहरूलाई अक्सिजनको समस्याबाट जोगाउन मद्दत गर्ने भारतीय अधिकारीहरूको दाबी छ।

भारतमा कोरोनाको दोस्रो लहरमा सबैभन्दा धेरै समस्या अक्सिजनको देखिएको छ । राजधानी दिल्ली सहित देशका कैयौं राज्यहरूमा समस्यामा परेका बिरामी र उनका परिवारलाई भएको अक्सिजनको समस्यालाई यो औषधिले सहयोग गर्ने बताइएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार