२०८३ वैशाख १८ गते शुक्रवार | May 01, 2026

गृहपृष्ठ उपत्यका बाहिर पहिलो ट्राफिक-लाइट तिलोत्तमामा शुरु

उपत्यका बाहिर पहिलो ट्राफिक-लाइट तिलोत्तमामा शुरु

उत्कृस्ट नगरको पगरी गुथेको तिलोत्तमा नगर अहिले सफा स्वच्छ र हराभरा मात्रै होइन सुशासनको बाटोमा समेत यसले फड्को मारेको छ । दैनिक भिडभाड बढी हुने लखनचोक बुटवल चौराहा , मिलनचोक , हस्पिटल लाइन ,ट्राफिकचोक, जोगिकुटीमा अनिबार्य थियो, तर चासो कसैको भएन , तिलोत्तमा नगरपालिकाको पहलमा दुर्घटना न्युनिकरणका लागि अहिले तिलोत्तमा नगरपालिका भित्रको सबैभन्दा बढी भिडभाड हुने क्षेत्रलाइ मध्येनजर गर्दै पहिलो चरणमा केहि प्रमुख चोकहरुमा ट्राफिक-लाइट राखिने भएको छ। पहिलो चरणमा मणिग्राम चोक,ड्राइभरटोल , भलवारीमा राखिने भनिएको सो ट्राफिक लाइट मणिग्राममा भने यसको परिक्षण र जडान भैसकेको छ ।

सम्पूर्ण ब्यबस्थापन तिलोत्तमा नगरपालिकाले गर्ने गरि काम शुरु गरिएको नगरप्रबक्ता सुरेन्द्र श्रीले बताए। महिनामा हुनेकाम हप्तामा, हप्तामा हुनेकाम दिनमा र दिनमा हुनेकाम घन्टामा गर्न तत्पर रहेका बेला केहि महिनामै अन्य ठाउमा समेत ट्राफिक लाइट थप सविस्तार हुने प्रबक्ता श्रीको भनाइ छ।

नगरपालिकाको बजेटबाट सो को ब्यबस्थापन गरि दुर्घटना न्यूनीकरण गर्न पहिल्यै देखि निकै चासो रहेको र असारसम्म सम्पन्न गरिने योजना बनिसकेको तर हाल देशमा महामारी फैलिरहेकोले केहि ढिलाइ होला तैपनि यथासक्य काम सकाउने गतिमा छौ – नगरप्रमुख बासुदेव घिमिरेले सुनाए। यस बर्षमात्रै ट्राफिक लाइट र अब्यबस्थित बाटो कटाइ र ध्यान नदिइकन मोटर हाक्ने प्रवृतिले दुर्घटना बढेको अनुभूत भएकोले बुटवल भैरहवा भन्दा पहिल्यै सायद उपत्यका बाहिर नै पहिलो पटक सो ट्राफिकलाइट हामीले जडान गरेका छौ”-नगरप्रमुख घिमिरेले भने। पहिलो चरणमा ३ ठाउमा र त्यसपछि फेरी ३ ठाउमा अनि आवश्यक स्थानमा ट्राफिक लाइटको ब्यबस्थापन हुने घिमिरेको भनाइ छ ।

मणिग्रामपछि भिडभाड बढी हुने ठाउ भनेको ड्राइभरटोल , भलवारी, कोटिहवा, मंगलापुर ,जोगिकुटी र नयामिल हो। जोगिकुटि बुटवल उपमहानगरको सिमानामा पर्ने हुदा त्यहा राख्न्न अत्यावश्यक हुदाहुदै पनि दुइ पालिकाको समन्वय हुन भने आवश्यक छ। ट्राफिक-लाइट राख्नुमात्रै दुर्घटनाको न्यूनीकरण भने होइन यसमा सडकमा हिड्ने नागरिक आफै चासो लिनुपर्ने र चनाखो हुनुपर्ने र ट्राफिक नियमको पालना गरे हो भनेमात्र अवश्य दुर्घटना घट्ने देखिन्छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार