गृहपृष्ठ आज थपिए यति संक्रमित, भयो यति जनाको मृत्यु
आज थपिए यति संक्रमित, भयो यति जनाको मृत्यु
पछिल्लो २४ घण्टामा थप ४७६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ५५ पीसीआर र २४२५ एन्टिजेन परीक्षणमा ४७६२ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमणका कारण १४ जनाको मृत्यु भएको छ भने ६ हजार ४९१ जना संक्रमणमुक्त भएका छन् ।
यो पनि
गिरिजा कोइरालाले गर्न नसकेको काम ओलीले गरेर देखाए, चौतर्फी भयो स्वागत
सरकारले सांसद विकास कोष खारेज गरेको छ । कोष खारेजीका लागि लामो समयदेखि आवाज उठे पनि विभिन्न सरकारले हिम्मत गर्न सकेका थिएनन् । गिरिजा, माधव, झलनाथ, प्रचण्ड, बाबुराम, देउवा सरकारले गर्न नसकेको कोष खारेजी निर्णय केपी ओली सरकारले लिएको हो । कोषका नाममा सांसदहरुले कमिसन लिने गरेका छन् ।
जनप्रतिनिधि भएर जनताको सेवा र विकासमा लाग्नुपर्नेमा थोरै बजेट विकासमा लगाएजस्तो गरेर आफ्ना कार्यक्रर्तालाई पोस्ने र सेटिङ मिलाएर कमिसन खाने काम सांसदबाटै हुँदै आएको छ । जसको चर्को विरोध हुने गरेको छ ।
खारेज गर्न माग उठ्दै आएको थियो । प्रदेश र स्थानीय तह आइसकेपछि सांसद विकास कोषको औचित्यमाथि नै प्रश्न उठेको थियो । यहीँ परिवेशमा ओली सरकारले खारेज गरेको छ । जुन निर्णयको चौतर्फी स्वागत र प्रशंसा भएको छ । एक सांसदले करिब ६ करोड रुपैयाँ कोषका नाममा पाउने गरेका थिए ।












