गृहपृष्ठ हेर्नुहोस नेपालमा आज मंगलबार कुन उमेरका कति संक्रमित थपिए ?
हेर्नुहोस नेपालमा आज मंगलबार कुन उमेरका कति संक्रमित थपिए ?
नेपालमा पछिल्लो २४ घण्टामा कोभिड(१९ का ५ हजार १५३ जना संक्रमित थपिएका छन् । जसमध्ये १० वर्षसम्मका बालबालिका १०५ जना र ११ देखि २० वर्षका ३३८ जना रहेका छन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा संक्रमित हुनेहरुमा सबैभन्दा धेरै २१ देखि ३० सम्मका ८८५ जना रहेका छन् । ३१ देखि ४० वर्षका नागरिक ८६२ जना रहेका छन् । ४१ देखि ५० वर्षका ६२८, ५१ देखि ६० वर्षका ५१९ जना, ६१ देखि ७० का ३१५ जना छन् ।
त्यस्तै, ७१ देखि ८० वर्षका १४९ जना, ८० देखि माथिका ६० जना र उमेर नखुलेका ९ जना रहेका छन् । अहिले देशभर १ हजार ३२१ जना आईसीयूमा र ३७२ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो पनि पढ्नुहोस
रुपन्देहीमा आज थप यति जनामा संक्रमण पुस्टि
रुपन्देहीमा थप ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा जिल्लामा ४३८ जनाको कोरोना परीक्षण गर्दा ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
थपिनेहरुमा बुटवल उपमहानगरपालिकामा १२ जना, तिलोत्तमा नगरपालिकामा १४ जना, सिद्धार्थ नगरपालिकामा ४ जना, सैनामैना नगरपालिकामा ६ जना, देवदह नगरपालिकामा ८ जना, गैडहवा गाउँपालिका, मायादेवी गाउँपालिका र कञ्चन गाउँपालिकामा ३र३ जना, ओमसतिया गाउँपालिका, शुद्धोधन गाउँपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकामा २र२ जना, मर्चवारी गाउँपालिका, रोहिणी गाउँपालिका र कोटहीमाई गाउँपालिकामा १र१ जना संक्रमित थपिएका हुन् ।
यो सँगै रुपन्देहीमा कोरोना संक्रमित हुनेको संख्या २७ हजार २११ पुगेको छ । हाल जिल्लामा ९७० जना कोरोनाका संक्रिय संक्रमितहरु रहेका छन् । यस्तै रुपन्देहीमा निको हुनेको संख्या २५ हजार ७८५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप २ संक्रमितको मृत्यु भएको छ । यो सँगै मृत्यु हुनेको संख्या ४५६ पुगेको छ ।












