२०८३ भदौ ९ गते मंगलवार | August 25, 2026

गृहपृष्ठ पछिल्लो २४ घण्टामा नेपालमा थप यति जनामा कोरोना पुष्टि, ८१ जनाले गुमाए ज्यान

पछिल्लो २४ घण्टामा नेपालमा थप यति जनामा कोरोना पुष्टि, ८१ जनाले गुमाए ज्यान

पछिल्लो २४ घण्टामा देशभर ४ हजार ३४४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टीजेन विधिबाट गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज देशभर ५ हजार ७ सय ६८ जना कोरोना संक्रमित निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म देशभर ५ लाख १० हजार २ सय ९८ जना संक्रमित निको भइसकेका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ८१ जना संक्रमितको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ज्यान गुमाउने कोरोना संक्रमितको संख्या ८ हजार १७९ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार