गृहपृष्ठ देशभर संक्रमित घटिरहँदा यी जिल्लामा भने बढ्यो कोरोना संक्रमण
देशभर संक्रमित घटिरहँदा यी जिल्लामा भने बढ्यो कोरोना संक्रमण
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा कोभिड-१९ का ९१५ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६७९, भक्तपुरमा ८५ र ललितपुरमा १५१ जना नयाँ संक्रमित थपिएका हुन् ।
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा संक्रमण दर घट्दै गएको छ भने ग्रामिण क्षेत्रमा बढिरहेको छ । आज देशभरका ८० हजार ३३६ जना सक्रिय संक्रमित रहेकोमा ४६ जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।
मन्त्रालयले प्रदेश १ को पाँचथर, ओखलढुंगा, तेह्रथुम, प्रदेश २ को सिरहा, वागमती प्रदेशमा सिन्धुली र नुवाकोट, गण्डकी प्रदेशमा नवलपरासी पूर्व, लुम्बिीनीको रोल्पा, कर्णालीको रुकुम पश्चिम र सुदूरपश्चिमको दार्चुलामा संक्रमण बढ्दै गएको जनाएको छ ।
गएको २४ घण्टामा नेपालमा ४ हजार ३४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ५ हजार ७६८ जना संक्रमणमुक्त भएका छन् । यस्तै, मन्त्रालयका अनुसार आज १ हजार ३१२ जना आईसीयूमा उपचारत रहेकेमा ३७५ भेन्टिलेटरमा छन् । आज ८१ जनाको निधन भएको छ ।
यो पनि पढ्नुहोस
पछिल्लो २४ घण्टामा नेपालमा थप यति जनामा कोरोना पुष्टि, ८१ जनाले गुमाए ज्यान
पछिल्लो २४ घण्टामा देशभर ४ हजार ३४४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टीजेन विधिबाट गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज देशभर ५ हजार ७ सय ६८ जना कोरोना संक्रमित निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म देशभर ५ लाख १० हजार २ सय ९८ जना संक्रमित निको भइसकेका छन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा ८१ जना संक्रमितको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ज्यान गुमाउने कोरोना संक्रमितको संख्या ८ हजार १७९ पुगेको छ ।












