गृहपृष्ठ धा’रिलो ह’ति’यार प्रयोग गरी महेन्द्र यादवको ह’त्या गर्ने ५ जना प्र’हरी निय’न्त्रणमा
धा’रिलो ह’ति’यार प्रयोग गरी महेन्द्र यादवको ह’त्या गर्ने ५ जना प्र’हरी निय’न्त्रणमा
गत आइतबार लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं ४ मा धा’रीलो हति’यार प्रहारबाट मृ’त्यु भएको अवस्थामा फेला परेका ३५ बर्षीय महेन्द्र यादवको ह’त्यामा संलग्न पाँच जनालाई प्र’हरीले नियन्त्रणमा लिएको छ ।
प्र’हरी निय’न्त्रणमा परेकाहरुमा मनौराका २२ बर्षीय बलजित पासी, ३० बर्षीय दुर्गेश पासवान, २४ बर्षीय राकेश यादव, २० बर्षीय संजय पासी र २३ बर्षीय सर्वजित विश्वकर्मा रहेका छन् । प’क्राउ परेको पाँच जनालाई आज रुपन्देही प्र’हरीले आज सार्वजनिक गरेको हो ।
गत आइतबार बिहान साढे ६ बजे खेतको गरामा श’व देखेपछि स्थानियले प्र’हरीलाई खबर गरेका थिए । ईलाका प्र’हरी कार्यालय लुम्बिनीका प्र’हरी निरीक्षक रबिन्द्र महतको कमाण्डमा गएको टोलीले याादवको श’व बरामद गरी अनु’सन्धान थालेको थियो । मृ’तकको टाउको, छाती, घाटी र गु’प्तांग समेतमा धारिलो हतियार प्रहार गरी घा’उ चो’ट लागेको अवस्थामा प्र’हरीले श’व फेला पारेको थियो ।
श’व भेटिएकै राती ११ बजे सम्म स्थानिय छिभेकीको घरमा वैवाहिक कार्यक्रममा सहभागी भएका यादवको बिहान श’व फेला परेपछि सोहि घट’नालाई आधार मानेर प्र’हरीले अनु’सन्धान सुरु गरेको थियो । प्र’हरीका अनुसार पुरानो रिसिईबीको कारण बदला लिने सोचले योजनाबद्ध रुपमा यादवको हत्या गरेको पक्राउ परेकाहरुले प्र’हरीलाई बयान दिएका छन् । बैबाहिक कार्यक्रम सहिएपछि घर फर्किरहेका यादवलाई अभि’युक्तहरुले योजनाबद्ध आक्र’मण गरेको हुन सक्ने इलाका प्र’हरी कार्यालय लुम्बिनीका प्र’हरी निरिक्षक रबिन्द्र महतले बताए ।
जिल्ला अदालत रुपन्देहीबाट १० दिनको म्याद लिई उनीहरुमाथि अनु’सन्धान अगाडि बढाइएको प्र’हरी निरिक्षक महतले बताए ।
अनुसन्धानको क्रममा हत्यामा प्रयोग भएको धारिलो हतियार (फ’लामको दा’उ) १ थान, पानी तान्ने नलको ह्याण्डर (हत्ता) १ थान र ह’त्यामा प्रयोग भएको हरियो बाँसको घारा १ थान सहित अन्य सबुद प्रमाणहरु बरामद भएको प्रहरीले जनाएको छ ।












