२०८३ भदौ ७ गते आइतवार | August 23, 2026

गृहपृष्ठ तिलोत्तमाका नदिमा उत्खनन रोकियो, घाटगद्दी गर्न नपाइने

तिलोत्तमाका नदिमा उत्खनन रोकियो, घाटगद्दी गर्न नपाइने

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले ठेक्का लगाएको नदिजन्य पदार्थको उत्खनन रोकेको छ । नगरका बिकाश निर्माण र सामाजिक न्यायको लागि अत्यावश्यक स्थानबाट मिस्कट व्यवस्थापन गरेको थियो । तिलोत्तमा नगरपालिकाको वडा नं. ९ स्थित कोभिड अस्थायी अस्पताल परिसर, वडा नं. ३ को शहरी स्वास्थ्य केन्द्र परिसर, वडा नं. २ को फोहोरमैला व्यवस्थापन केन्द्र, नगरपालिकाको प्रशासनिक भवन परिसरमा तत्काल मिस्कट व्यवस्थापन गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको र सोको लागि तिनाउ नदीको वातावरणीय प्रभाव मूल्यांकन गरिएको क्षेत्रबाट तोकिएको स्थानमा ल्याउनको लागि नदिजन्य पदार्थको निकासी खुल्ला गरेको थियो।

नगरपालिकाको तर्फबाट अनुमति दिइएको सो विषयलाई कतिपय व्यक्तिले अतिरञ्जित गराईं नगरपालिका नदीदोहनमा लागेको भनी गरिएको कुप्रचारमा कुनै सत्यता नभएको भन्दै तिलोत्तमा नगरपालिकाका प्रबक्ता सुरेन्द्र श्रीले त्यस्तो खालको भ्रममा नपर्न आग्रह गर्नुभयो। व्यक्तिको लागि नभई आमनगरबासीकैं हीत र लाभको लागि पवित्र उद्देश्य राखी गरिएको यस प्रकारको कार्यलाई जानिबुझिकन कतिपय व्यक्तिले त्यसलाई अतिरञ्जित गर्नु सामाजिक न्यायको सिद्धान्त विपरीत भएको प्रबक्ता सुरेन्द्र श्रीको भनाइ छ। हाल नगरपालिकाले तिनाउ र सुखौरा खोलाबाट भएको उत्खखन कार्य पुरा बन्द गरेको समेत बताएको छ।

जेष्ठ २६ गते देखि लागु हुने गरि त्यस्तो खालको उत्खनन र नदिजन्य पदार्थको ओसारपसार तथा तिनाउ र सुखौरा खोलाको किनार या बाटो भएर नदिजन्य पदार्थ नबोक्न तथा घाट गद्दी नगर्न समेत अनुरोध गरेको छ। नगरपालिकाले सुचना जारि गर्दै ति र त्यस्ता क्रियाकलाप गरेको भेटिएमा स्थानिय कानुन अनुसार कारबाही हुने र त्यस्तो कार्य गरेको थाहा पाएमा खबर गर्न समेत अनुरोध गरेको छ।

@tilottamacitynews

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार