गृहपृष्ठ भारतमा देखापर्यो कोरोनाको अर्को रूप ‘डेल्टा प्लस’ ! के हो ‘डेल्टा प्लस’ ?
भारतमा देखापर्यो कोरोनाको अर्को रूप ‘डेल्टा प्लस’ ! के हो ‘डेल्टा प्लस’ ?
एजेन्सी । भारतमा कोरोना भाइरसको अति संक्रामक ‘डेल्टा प्लस’ उत्परिवर्तन भएर ‘डेल्टा प्लस’ अर्थात् एवाई. १ बनेको छ । तर यस विषयमा अहिले चिन्तित हुनुपर्ने अवस्था नरहेको भारतीय वैज्ञानिकले बताएका छन् ।
किनकि यसको संक्रमण अहिले एकदमै कम मात्र देखिएको छ । भारतीय वैज्ञानिकका अनुसार डेल्टा प्लस, डेल्टा अर्थात् बी १.६१७.२ बाट उत्परिवर्तन भएर बनेको हो । जुन पहिलो पटक भारतमा पहिचान भएको थियो ।
डेल्टा नै कोरोनाको दोस्रो लहर ल्याउन जिम्मेवार ठानिएको छ । यसबाट पनि उत्परिर्वतन भएर अहिले देखा परेको डेल्टा प्लस कति घातक छ भन्ने कुरा अहिले पत्ता लागिनसकेको भारतीय वैज्ञानिकले बताएका छन् ।
यो पनि पढ्नुहोस
आज थप यति जना संक्रमित थपिदा र यति जना संक्रमण मुक्त हुँदा,५२ जनाले गुमाए ज्यान
पछिल्लो २४ घण्टामा थप २८२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८६८७ जनाको पीसीआर र ४३३५ जनाको एन्टिजेन गरी १३ हजार २२ जनाको परीक्षण गर्दा २८२८ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ३ हजार ८२ छ भने ५२ जनाको मृत्यु भएको छ । नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ६२ हजार ११७ रहेको छ । जसमध्ये ५७ हजार ८२६ जना होम आइसोलेसनमा र ४,३११ जना संस्थागत आइसोलेसनमा छन् ।
असार १ गतेसम्म देशका ४३ वटा जिल्लामा सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी रहेको मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले जानकारी दिए ।





