२०८३ असार २२ गते सोमवार | July 06, 2026

गृहपृष्ठ युरोकप:रुसको पहिलो जित

युरोकप:रुसको पहिलो जित

एजेन्सी । रुसले  १६ औं संस्करणको युरोकप फुटबलमा पहिलो जित निकालेको छ ।

बुधबार भएको समूह चरणको दोस्रो खेलमा फिनल्याण्डलाई १-० गोल अन्तरले पराजित गर्दै रुसले पहिलो जित निकालेको हो ।

सेन्ट पिटर्सवर्ग स्टेडियममा रुसलाई जित दिलाउन एलेक्सी मिरानचुकले निर्णायक गोल गरे ।

पहिलो हाफको इन्जुरी समयमा मिरानचुकले निर्णायक गोल गरे  । उनले आर्टम ज्यूबाको पासमा उत्कृष्ट गोल गरेका हुन् ।

त्यसअघि खेलको चौंथो मिनेटमा फिनल्याण्डका जोएल पोहजनपालोले गोल गरेका थिए । तर, भीएआरमा जोएल अफसाइड देखिएपछि उनको गोलले मान्यता पाएन ।

यस जितसँगै समूह ‘बी’ को रुसले २ खेलमा ३ अंक जोडेको छ । रुस तालिकाको दोस्रो स्थानमा रहेको छ ।

पहिलो खेलमा रुस बेल्जियमसँग ३–० गोल अन्तरले पराजित भएको थियो ।

फिनल्याण्डको यो पहिलो हार हो ।  पहिलो खेलमा फिनल्याण्डले डेनमार्कलाई १–० ले हराएको थियो । ३ अंक जोडेको फिनल्याण्ड समूहको तेस्रो स्थानमा रहेको छ ।

Image

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार