गृहपृष्ठ कोरोना अपडेट: रुपन्देहीमा आज यति कोरोना संक्रमित थपिदा,संक्रमणबाट ज्यान गुमाउने संख्या भने शुन्य
कोरोना अपडेट: रुपन्देहीमा आज यति कोरोना संक्रमित थपिदा,संक्रमणबाट ज्यान गुमाउने संख्या भने शुन्य
रुपन्देहीमा पछिल्लो २४ घण्टाको अवधीमा २१ जनामा संक्रमण पुष्टि भएको छ भने २२ जना निको भएका छन् । २०७ जनाको नमुना परीक्षण गर्दा २१ जनामा संक्रमण देखिएको हो ।
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा तिलोत्तमा नगरपलिका र सिद्धार्थनगर नगरपालिकामा ५/५ जना, बुटवल महानगरपालिकामा ४ जना, लुम्बिनी सांस्कृतिक नगरपालिकामा ३ जना, सियारी गाउँपालिका, सैनामैना नगरपालिका र कञ्चन गाउँपालिकामा १/१ जना संक्रमित थपिएका छन् ।
रुपन्देहीमा पछिल्लो २४ घण्टाको अवधीमा कोरोनाबाट कुनैपनि संक्रमितको ज्यान गएको छैन । जिल्लामा अहिलेसम्म जिल्लामा ४८२ जनाको ज्यान गईसकेको छ । जिल्लामा हाल कोरोनाका संक्रिय संक्रमितको संख्या २०२ रहेको छन् ।





