गृहपृष्ठ नेपालमा आज बिहिबार थप यति जनाले ज्यान गुमाउदा,थपिए यति संक्रमित
नेपालमा आज बिहिबार थप यति जनाले ज्यान गुमाउदा,थपिए यति संक्रमित
नेपालमा पछिल्लो २४ घण्टामा झण्डै तीन हजार कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९८५ जनामा गरिएको परीक्षणमा २ हजार ७६० जनामा संक्रमण देखिएको हो ।
मन्त्रालयका अनुसार ७ हजार १३० जनामा आरटी पीसीआर र ३ हजार ८५५ जनामा एन्टिजेन परीक्षण गरिएको थियो । यसमध्ये पीसीआरबाट १ हजार ८५७ र एन्टिजेनबाट ९०३ जनामा संक्रमण पुष्टि भएको हो ।
सोही अवधिमा नेपालमा ३३ जना कोरोना संक्रमितको ज्यान गएको छ । यससँगै मृतकको संख्या ९ हजार १४५ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ हजार १७ जना संक्रमित कोरोनामुक्त भएका छन् ।






