२०८३ वैशाख १० गते बिहीवार | April 23, 2026

गृहपृष्ठ पछिल्लो २४ घण्टामा नेपालमा थप २७ जनाले ज्यान गुमाउदा थप यति जनामा कोरोना पुष्टि,

पछिल्लो २४ घण्टामा नेपालमा थप २७ जनाले ज्यान गुमाउदा थप यति जनामा कोरोना पुष्टि,

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ६ सय जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार १३२ जनामा गरिएको परीक्षणमा १ हजार ६०३ जनामा संक्रमण देखिएको हो ।

मन्त्रालयका अनुसार ४ हजार ८७६ जनामा आरटी पीसीआर र ३ हजार २५६ जनामा एन्टिजेन परीक्षण गरिएको थियो । यसमध्ये पीसीआरबाट १ हजार ४२ र एन्टिजेनबाट ५६१ जनामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा नेपालमा थप २७ जना कोरोना संक्रमितको ज्यान गएको छ । योसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ हजार २२५ पुगेको छ । हाल देशभर ९ जिल्लामा ५ सय भन्दा बढी संक्रिय संक्रमित रहेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार