२०८३ वैशाख ९ गते बुधवार | April 22, 2026

गृहपृष्ठ खुशीको खबर : अब सवारी कर नागरिक एपबाटै तिर्न सकिने, यस्तो छ व्यवस्था

खुशीको खबर : अब सवारी कर नागरिक एपबाटै तिर्न सकिने, यस्तो छ व्यवस्था

पहिलो पटक बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले सवारी कर अनलाइन प्रणाली नागरिक एपबाटै तिर्न सकिने व्यवस्था मिलाएको छ । अनलाईन भुक्तानी तथा सेवाको गृहकार्य गरिरहेको मन्त्रालयले प्रदेश यातायात कार्यालय अन्तर्गत दर्ता भएका सवारी साधनको राजस्व भुक्तानी, नवीकरण, जरिवाना लगायत दस्तुर अनलाइनबाटै तिर्न मिल्ने व्यवस्था मिलाइएको हो ।

सोमबार एक सूचना जारी गर्दै मन्त्रालयले यातायात व्यवस्था कार्यालय तथा सेवा कार्यालयबाट प्रवाह हुने सेवाहरुलाई प्रविधिमैत्री बनाउँदै अनलाइन प्रणालीमार्फत राजस्व भुक्तानीको व्यवस्था गर्न लागिएको जानकारी गराएको छ । मन्त्रालयको सूचना अनुसार आगामी साउन १ देखि सेवाग्राहीहरुले नागरिक एपबाटै सवारी साधन सम्बन्धी राजस्व भुक्तानी गर्न सक्नेछन् ।

यसका लागि सवारी धनीले नागरिक एपमा रहेको ‘सवारी कर’ पोर्टलमा गएर आफ्नो सवारी साधनसम्बन्धी विवरण अद्यावधिक गर्नुपर्ने हुन्छ । साथै, यातायात व्यवस्था सूचना प्रणालीको वेबसाइटमा गई आफ्नो मोबाइल नम्बर भेरिफाई गरी सवारी साधन सम्बन्धी विवरण प्रविष्ट गर्न सकिने मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार