गृहपृष्ठ अझै ‘रेड जोन’मा छन् यी ३१ जिल्ला, यी ८ जिल्लामा छन् पाँच सयभन्दा बढी संक्रमित
अझै ‘रेड जोन’मा छन् यी ३१ जिल्ला, यी ८ जिल्लामा छन् पाँच सयभन्दा बढी संक्रमित
नेपालका ८ जिल्लामा पाँच सयभन्दा बढी र २३ जिल्लामा दुई सय बढी कोरोना भाइरस संक्रमित उपचाररत छन् । देशभर सक्रिय संक्रमितको संख्या २५ हजार ६९० जना पुगेको छ । त्यस्तै देशभर संक्रमणबाट ९ हजार २४८ जनाले ज्यान गुमाइसकेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश १ को मोरङ, सुनसरी, झापा, प्रदेश २ को कुनै पनि जिल्लामा ५ सय भन्दा धेरै संक्रमित रहेका छैनन् । बागमती प्रदेशको काठमाडौं, भक्तपुर, ललितपुर र चितवन जिल्लामा पाँच सय बढी सक्रिय संक्रमित रहेका छन् ।
त्यसैगरी, गण्डकी प्रदेशको कास्की जिल्लामा पाँच सय बढी सक्रिय संक्रमित रहेकाका छन् । लुम्बीनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका कुनै पनि जिल्लामा ५ सय भन्दा धेरै कोरोना संक्रमित रहेका छैनन् ।
त्यसैगरी, देशभर ३१७ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसैगरी, प्रदेश १ को कुनै पनि जिल्लामा २ सयभन्दा बढी संक्रमित रहेका छैनन् । प्रदेश २ को बारा, सप्तरी र धनुष जिल्लामा दुई सय भन्दा बढी संक्रमित रहेका छन् ।
बागमती प्रदेशको काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, सिन्धुली, गण्डकी प्रदेशको तनहुँ, लमजुङ, बाग्लुङ, म्याग्दी जिल्लामा र लुम्बिनी प्रदेशको बर्दिया, पाल्पा, रुपन्देही, दाङ, बाँके, नवलपरासी पश्चिम र गुल्मी जिल्लामा दुई सय भन्दा बढी संक्रमित रहेका छन् ।
त्यस्तै कर्णाली प्रदेशको सुर्खेत जिल्लामा दुई भन्दा बढी संक्रमित रहेका छन् । सुदुरपश्चिम प्रदेशको कैलाली र कन्चनपुर जिल्लामा दुई सयभन्दा बढी संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।






