२०८३ वैशाख ९ गते बुधवार | April 22, 2026

गृहपृष्ठ कोपा अमेरिका : सेमिफाइनलमा ब्राजिलले पेरुसँग प्रतिस्पर्धा गर्दै

कोपा अमेरिका : सेमिफाइनलमा ब्राजिलले पेरुसँग प्रतिस्पर्धा गर्दै

एजेन्सी । कोपा अमेरिका फुटबलको पहिलो सेमिफाइनलमा भोलि (मंगलबार) बिहान ब्राजिलले पेरुसँग प्रतिस्पर्धा गर्दैछ ।

आयोजक ब्राजिलले निल्टन सान्तोस स्टेडियममा पेरुसँग खेल्नेछ । ब्राजिल र पेरुबीचको खेल बिहान ४:४५ बजे सुरु हुनेछ ।

पेरुविरुद्ध मैदान उत्रदा ब्राजिल फाइनल पुग्ने योजनामा हुनेछ । साविक विजेता समेत रहेको ब्राजिल लगातार दोस्रो पटक फाइनल पुग्न चाहन्छ ।

ब्राजिलले अघिल्लो संस्करणमा पेरुलाई ३-१ ले हराएर उपाधि जितेको थियो । ब्राजिल उक्त जितलाई निरन्तरता दिन चाहन्छ ।

तर, पेरु भने ब्राजिलविरुद्ध अघिल्लो संस्करणमा व्यहोरेको हारको बदला लिन चाहन्छ ।

यसै संस्करणको समूह चरणमा समेत ब्राजिलले पेरुलाई हराएको थियो । ब्राजिलले पेरुलाई ४-० ले हराएको थियो ।

समूह ‘बी’ मा ब्राजिल समूह विजेता बनेको थियो भने पेरु उपविजेता बनेको थियो । ब्राजिलले १० र पेरुले ७ अंक जोडेर क्वाटरफाइनलमा स्थान बनाएका थिए ।

क्वाटरफाइनलमा ब्राजिलले चिलीलाई १-० ले हराएको थियो । पेरुले भने पाराग्वेलाई पेनाल्टी सुटआउटमा ४-३ ले हराएको थियो ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार