२०८३ वैशाख १७ गते बिहीवार | April 30, 2026

गृहपृष्ठ आज नेपालमा थप यति जनामा कोरोना पुष्टि, थप यतिले गुमाए ज्यान

आज नेपालमा थप यति जनामा कोरोना पुष्टि, थप यतिले गुमाए ज्यान

नेपालमा पछिल्लो २४ घण्टामा झण्डै दुई हजार कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार २१८ जनामा गरिएको परीक्षणमा एक हजार ८३१ जनामा संक्रमण देखिएको हो ।

मन्त्रालयका अनुसार ५ हजार ५३५ जनामा आरटी पीसीआर र ३ हजार ६८३ जनामा एन्टिजेन परीक्षण गरिएको थियो। यसमध्ये पीसीआरबाट एक हजार २३७ र एन्टिजेनबाट ५९४ जनामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा नेपालमा २० जना कोरोना संक्रमितको मृत्यु भएको भने १ हजार ५३३ जना संक्रमित कोरोनामुक्त भएका छन् । विभिन्न अस्पतालमा उपचाररत तथा होम आइसोलेसनमा रहेका ती संक्रमित संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार