२०८३ वैशाख २१ गते सोमवार | May 04, 2026

गृहपृष्ठ अझैपनि कोरोना संक्रमणको ‘रेड जोन’मा छन् यी ३५ जिल्ला

अझैपनि कोरोना संक्रमणको ‘रेड जोन’मा छन् यी ३५ जिल्ला

नेपालका ९ जिल्लामा पाँच सयभन्दा बढी र २६ जिल्लामा दुई सय बढी कोरोना भाइरस संक्रमित उपचाररत छन् । देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ६४७ जना पुगेको छ । त्यस्तै देशभर संक्रमणबाट ९ हजार ४३० जनाले ज्यान गुमाइसकेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश १ को मोरङ, सुनसरी, झापा, प्रदेश २ को कुनै पनि जिल्लामा ५ सय भन्दा धेरै संक्रमित रहेका छैनन् । बागमती प्रदेशको काठमाडौं, भक्तपुर, ललितपुर र चितवन जिल्लामा पाँच सय बढी सक्रिय संक्रमित रहेका छन् ।

त्यसैगरी, गण्डकी प्रदेशको कास्की जिल्लामा पाँच सय बढी सक्रिय संक्रमित रहेकाका छन् । लुम्बीनी र सुदुरपश्चिम प्रदेशका कुनै पनि जिल्लामा ५ सय भन्दा धेरै कोरोना संक्रमित रहेका छैनन् । कर्णाली प्रदेशको सुर्खेतम जिल्लामा पाँच सय बढी सक्रिय संक्रमित रहेका छन् ।

त्यसैगरी, देशभर २९३ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसैगरी, प्रदेश १ को कुनै पनि जिल्लामा २ सयभन्दा बढी संक्रमित रहेका छैनन् । प्रदेश २ को बारा, पर्सा, सप्तरी र धनुषा जिल्लामा दुई सय भन्दा बढी संक्रमित रहेका छन् ।

बागमती प्रदेशको मकवानपुर, काभ्रेपलाञ्चोक, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, सिन्धुली, गण्डकी प्रदेशको स्याङ्जा, तनहुँ, बाग्लुङ, लमजुङ, पर्वत, नवलपरासी पूर्व जिल्लामा र लुम्बिनी प्रदेशको गुल्मी, बर्दिया, पाल्पा, रुपन्देही, दाङ, बाँके र नवलपरासी पश्चिम जिल्लामा दुई सय भन्दा बढी संक्रमित रहेका छन् ।

त्यस्तै कर्णाली प्रदेशको जुम्ला जिल्लामा दुई भन्दा बढी संक्रमित रहेका छन् । सुदुरपश्चिम प्रदेशको कैलाली र कन्चनपुर जिल्लामा दुई सयभन्दा बढी संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार