२०८३ असोज १४ गते बुधवार | September 30, 2026

गृहपृष्ठ आज मंगलबार नेपालमा कुन जिल्लामा कति संक्रमित भेटिए ? हेर्नुहोस जिल्ला अनुसार विवरण

आज मंगलबार नेपालमा कुन जिल्लामा कति संक्रमित भेटिए ? हेर्नुहोस जिल्ला अनुसार विवरण

नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार १०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो संख्या हिजोको भन्दा बढी हो । सोमबार २ हजार २०२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा थप १ हजार ५९५ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा ७, उदयपुरमा ६, ओखलढुंगामा ४, खोटाङमा ३, झापामा १७८, ताप्लेजुङमा १, तेह्रथुममा १०, धनकुटामा ७, पाँचथर ५, भोजपुरमा ४, मोरङमा २५२, संखुवासभामा २ र सुनसरीमा १६५ जनामा कोरोना भेटिएको छ ।

यसैगरी प्रदेश २ को धनुषामा ७, पर्सामा १, बारामा १६, महोत्तरी ४, सप्तरीमा १७, सर्लाहीमा ५ र सिरहामा ६ जनामा कोरोना पाइएको छ । बागमती प्रदेशको काठमाडौंमा ५३१ जना संक्रमित भेटिएका छन् ।

त्यस्तै काभ्रेमा २२, चितवनमा १२५, दोलखामा २३, धादिङमा ४४, नुवाकोटमा ११, भक्तपुरमा ४१, मकवानपुरमा ६८, रसुवा १, रामेछापमा १२, ललितपुरमा १४७, सिन्धुलीमा ५ र सिन्धुपाल्चोकमा ९ जनामा कोरोना पुष्टि भएको छ ।

यसैगरी गण्डकी प्रदेशको कास्कीमा १२६, गोरखामा ७, तनहुँमा १४, नवलपरासी पूर्वमा ६१, पर्वतमा १२, म्याग्दीमा १, लमजुङमा ३, बागलुङमा २७ र स्याङजामा १४ जनामा कोरोना भेटिएको छ ।

कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ९, कपिलवस्तुमा ६, गुल्मीमा ३, दाङमा १२, नवलपरासीमा १, पाल्पामा ३२, प्युठानमा ३, बाँकेमा ३, प्यठानमा ३, रुकुम पूर्वमा १ र रुपन्देहीमा ३७ जना छन् ।

यस्तै, कर्णाली प्रदेशको दैलेखमा ३, मुगुमा ४, सल्यानमा १ र सुर्खेतमा २२ जनमा कोरोना भेटिएको छ भने सुदूरपश्चिम प्रदेशको अछाममा २, कञ्चनपुरमा ३, कैलालीमा ४५, डडेल्धुरामा २, दार्चुलामा २, डोटीमा ५, बाजुरामा १ र बैतडीमा १ जनामा कोरोना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार