गृहपृष्ठ कोरोना संक्रमणबाट नेपालमा आजसम्म कुन उमेरका कति संक्रमितले गुमाए ज्यान ?
कोरोना संक्रमणबाट नेपालमा आजसम्म कुन उमेरका कति संक्रमितले गुमाए ज्यान ?
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोभिड-१९ को संक्रमणबाट २० जनाले ज्यान गुमाएका छन् । त्यस्तै अहिलेसम्म १० हजार २५९ जनाले ज्यान गुमाइसकेका छन् । जसमध्ये ९ वर्षसम्मका बालबालिका ४५ जना र १० देखि १९ वर्षका ५० जना रहेका छन् ।
त्यस्तै, २० देखि २९ सम्मका ३१६ जना रहेका छन् । ३० देखि ३९ वर्षका नागरिक ८४७ जना छन् । ४० देखि ४९ वर्षका १ हजार ४६८ र ५० देखि ५९ वर्षका २ हजार १९ जना रहेका छन् । कोभिड-१९ को संक्रमणबाट हालसम्म ज्यान गुमाउनेहरु ६० वर्षभन्दा माथिका रहेका छन् ।
हालसम्म ६० वर्ष भन्दा माथिका ५ हजार ५०७ जनाले ज्यान गुमाइसकेका छन् । त्यस्तै ज्यान गुमाउने ७ जनाको उमेर खुल्न सकेको छैन । त्यस्तै देशभर ७६० जना आईसीयूमा र १८६ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।





