२०८३ वैशाख १८ गते शुक्रवार | May 01, 2026

गृहपृष्ठ विभिन्न माग राख्दै पाल्हिनन्दन गाउँपालिका कार्यालयमा तालाबन्दी

विभिन्न माग राख्दै पाल्हिनन्दन गाउँपालिका कार्यालयमा तालाबन्दी

ज्ञानेश्वर सहानी ,नवलपरासी,३१ साउन । पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेको छ । पालिकामा अनियमितता भएको कारणले पाल्हिनन्दन गाउँपालिका वडा नम्बर ३ बिजयपुरका नागरिकले तालाबन्दी गरेका हुन् ।

नागरिकहरुले समस्याहरु भोग्नू परेका कारण ति समस्याहरु समधानको लागी यस्ता मागहरु राखेका थिए । 

गाउँपालिकाको कार्यालय विजयपुर झुलनीपुर कायम गर्नुपर्ने , गाउँपालिकाको कार्यालयको दक्षिणपट्टि किनारामा पर्खाल लगाउनुपर्ने ,गाउँपालिकाको कार्यालयको उत्तर पूर्वपट्टिको कुनाबाट निस्केको बाटो नक्सा अनुसार हुनुपर्ने , गाउँपालिकाको सभाहल व्यक्तिगत प्रयोजनको लागि नभई सार्वजनिक तथा समाजिक कार्यका लागि मात्र प्रयोगमा ल्याउनुपर्ने , पाल्हिनन्दन गाउँपालिका वडा नम्बर ३ विजयपुर झुलनीपुर गाउँको बाटो निर्माणका लागि यथासिघ्र बजेट निकासा गर्नुपर्ने , गाउँपालिका भवनको निर्माणको लागत रकम सार्वजनिक गर्नुपर्ने ,गाउँपालिकामा कार्यरत कर्मचारी समय मै कार्यालयमा उपस्थित भई सेवाग्राहीलाई सेवा दिनुपर्ने आदि विभिन्न माग राख्दै ताला बन्दी गरेका हुन् ।

हिजो राती पाल्हिनन्दन गाउँपालिका वडा नम्बर ३ विजयपुरका नागरिकहरूले टायर बाली प्रदर्शन गरेका थिए।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार