२०८३ वैशाख १८ गते शुक्रवार | May 01, 2026

गृहपृष्ठ रोट्रयाक क्लब अफ बुटवल चौतारीको दोस्रो पद हस्तान्तत्रण कार्यक्रम सम्पन्न

रोट्रयाक क्लब अफ बुटवल चौतारीको दोस्रो पद हस्तान्तत्रण कार्यक्रम सम्पन्न

बुटवल । रोट्रयाक क्लब अफ बुटवल चौतारीको दोस्रो पद हस्तान्तत्रण कार्यक्रम लुम्बिनी प्रदेश सांसद तथा पूर्व स्वास्थ्य मन्त्री भोज प्रसाद श्रोष्ठको प्रमुख आतिथ्यतामा शनिवार सम्पन्न भएको छ । क्लबका वर्ष २०२०-२१ का निवर्तमान अध्यक्ष रो. लक्ष्मण श्रेष्ठले वर्ष २०२१-२२ का अध्यक्ष रो. सुवास नेपाललाई पद हस्तान्त्रण गर्नुभएको छ । नव नियुक्त अध्यक्ष नेपाललाई रोट्रयाक डिस्ड्रिक ३२९२ वर्ष २०२१-२२ का डि.आर.आर इलेक्ट रो. लक्षमण खरेलले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको थियो ।

पद हस्तान्त्रणमा निवर्तमान अध्यक्ष श्रेष्ठले एक वर्षभरी गरेका कार्यहरूको बारेमा समिक्षा गर्दै क्लबका मेम्बर र बोर्ड मेम्बरहरूलाई मायाको चिनोबाट सम्मान तथा धन्यवाद व्यक्त गर्नु भएको थियो । कार्यक्रममा पदभार ग्रहण गर्दै २०२१-२२ का अध्यक्ष नेपालले क्लबले अघि सारेका ठूला कामहरूलाई निरन्तरता दिँदै आगामी दिनहरूमा नयाँ र पृथक खालका कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लुम्बिनी प्रदेशका सांसद भोज प्रसाद श्रोष्ठले रोट्रयाक क्लब अफ बुटवल चौतारीले सामाजिक क्षेत्रमा खेलेको भूमिका निकै महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।  सामाजिक क्षेत्रमा खोलिएका क्लबहरूले युवाहरूको नेतृत्व विकास , क्षमता विकास कार्यक्रम सञ्चालन गर्नु पर्ने साथै क्लबलाई आफ्नो तर्फबाट गर्नुपर्ने सहयोग पूर्णरूपमा रहने कुरा जानकारी गराउनु भयो ।

कार्यक्रममा रोटरी डिस्ड्रिक ३२९२ का डिस्ट्रिक सस्टेनेवल एण्ड कम्यूनिटि चेयर रो. राजेन्द्र ढकाल, रोट्रयाक डिस्ट्रिक ३२९२ का इलेक्ट प्रेसिडेन्ट रो. लक्ष्मण खरेल,रोटरी क्लब अफ बुटवल चौतारी का संस्थापम अध्यक्ष रो. विष्णु घिमिरे तथा वर्ष २०२१-२२ का अध्यक्ष रो सुरज क्षेत्री, टुइन क्लबका अध्यक्ष रो. गोविन्द पराजुली, छिमेकी क्लबको तर्फ वाट रो. नविन अर्याल लगायतले बोल्नु भएको थियो ।

उपध्यक्ष रो. राजन पौडेलको स्वागत मन्तव्य तथा वर्ष २०२०-२१ का सचिव रो. सुमित पराजुली र वर्ष २०२१-२२ का सचिव रो. ज्ञान प्रसाद श्रेष्ठको सञ्चालन तथा रो. लक्षमण श्रेष्ठ र रो. सुभास नेपालको संयुक्त अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा उपाध्यक्ष रो. विदुर ज्ञवालीले धन्यवाद व्यक्त गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार