२०८३ वैशाख १८ गते शुक्रवार | May 01, 2026

गृहपृष्ठ पछिल्लो २४ घण्टामा नेपालमा कुन उमेरका कति संक्रमितले गुमाए ज्यान ?

पछिल्लो २४ घण्टामा नेपालमा कुन उमेरका कति संक्रमितले गुमाए ज्यान ?

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोभिड-१९ को संक्रमणबाट ३३ जनाले ज्यान गुमाएका छन् । जसमध्ये ९ वर्षसम्मका बालबालिका कसैको ज्यान गुएको छैन । त्यस्तै १० देखि १९ वर्षसम्मका कसैले पनि ज्यान गुमाएका छैनन् ।

त्यस्तै, आज २० देखि २९ वर्ष सम्मका २ जनाले ज्यान गुमाएका छन् । ३० देखि ३९ वर्षका ३ जनाले ज्यान गुमाएका छन् । ४० देखि ४९ वर्षका ४ जना र ५० देखि ५९ वर्षका ९ जना रहेका छन् ।

कोभिड-१९ को संक्रमणबाट ज्यान गुमाउनेहरुमा सबैभन्दा धेरै ६० वर्षभन्दा माथिका रहेका छन् । ६० वर्ष भन्दा माथिका १५ जनाले ज्यान गुमाएका छन् । हाल देशभर ४१९ जना क्वारेन्टाइनमा रहेका छन् ।

त्यस्तै अहिले देशभर ७५८ जना आईसीयूमा र १९३ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा ज्यान गुमाउनेको संख्या १० हजार २९२ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार