२०८३ असार १६ गते मंगलवार | June 30, 2026

गृहपृष्ठ नेपालमा आज बुधबार कुन उमेरका कति संक्रमित थपिए ?

नेपालमा आज बुधबार कुन उमेरका कति संक्रमित थपिए ?

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोभिड-१९ का ३ हजार ४०३ जना संक्रमित थपिएका छन् । जसमध्ये १० वर्षसम्मका बालबालिका ७२ जना र ११ देखि २० वर्षका २१८ जना रहेका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा संक्रमित हुनेहरुमा सबैभन्दा धेरै २१ देखि ३० सम्मका ६५३ जना रहेका छन् । ३१ देखि ४० वर्षका नागरिक ६२३ जना रहेका छन् । ४१ देखि ५० वर्षका ३९८, ५१ देखि ६० वर्षका ३२९ जना, ६१ देखि ७० का १६० जना छन् ।

त्यस्तै, ७१ देखि ८० वर्षका ११२ जना, ८० देखि माथिका ४५ जना रहेका छन् । त्यस्तै ३ जनाको उमेर खुल्न सकेको छैन । अहिले देशभर ७७० जना आईसीयूमा र १८६ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार