गृहपृष्ठ नेपालमा आज थप २६ जना कोरोना संक्रमितले ज्यान गुमाउदा,थपिए यति संक्रमित
नेपालमा आज थप २६ जना कोरोना संक्रमितले ज्यान गुमाउदा,थपिए यति संक्रमित
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १० हजार ५३० जनाको पीसीआर परीक्षणमा २ हजार ७९ र ७ हजार १२४ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९६३ जनामा कोरोना पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा थप २६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २ हजार २४४ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । निको हुने दर ९३.१ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।





