२०८३ वैशाख १८ गते शुक्रवार | May 01, 2026

गृहपृष्ठ लोहराैली देखि गेरमा सडक खण्ड पाेखरीमा परिणति

लोहराैली देखि गेरमा सडक खण्ड पाेखरीमा परिणति

ज्ञानेश्वर सहानी,नवलपरासी, भदौ ०६ । पश्चिम नवलपरासी जिल्ला काे पाल्हीनन्दन गाउँपालिका काे लोहराैली देखि गेरमा सिमानाका सम्म जाेड्ने लगभग १० किलोमिटर सडक मा खाल्डाखुल्डी भएर सडक काे अवस्था जीर्ण बन्दै गएको छ ।

परासी देखि गेरमा सडक खण्डमा बस , कार , टिप्पर , अटाे रिक्सा , माेटरसाइकल , साइकल र पैदलबाट ५ सय देखि हजार भन्दा बढी मान्छेहरु आउने जाने गर्छन् ।

गेरमा देखि हुँदै नवलपरासी जिल्ला काे सदरमुकाम मा जाेड्ने सडक काे अवस्था जीर्ण बनेको छ । उक्त सडकमा वडा अध्यक्ष , पालिका प्रमुख , प्रदेश सभा सदस्य र जस्तो जनप्रतिनिधिहरु हिड्ने बाटाे हाे । याे मर्मत सम्भारकाे लागि खासै चासाे देखिएको पाइदैन ।

सडक दिन प्रतिदिन जीर्ण बन्दै गएको छ । सडककाे बीचबीच भाग मा खाल्डाखुल्डी भएर पानी जमेकाे छ । याे सडकमा सवारी दुर्घटना धेरै हुन सक्ने सम्भावना भएको छ । सडक मर्मत सम्भारमा स्थानीय सरकार , प्रदेश सरकार र केन्द्र सरकार चासो दिइएको पाइदैन । सडक निर्माण गरेर मात्र हुदैन त्यसको मर्मत सम्भार पनि गर्न अवश्यक रहेको छ । गर्मीकाे समयमा धुलाम्य हुने अनि बर्षाकाे समयमा सडककाे बीच भागमा भएको खाल्डा खुल्डीमा पानी जमेर सडकमा आवाज जावत गर्न निकै नै समस्या भइरहेको एक जना स्थानीय युवाले बताए ।

सडकको मर्मत सम्भार नभएको कारणले गर्दा सडकको छेउछाउमा पानी जम्ने , सडकको बीच भागमा खाल्डाखुल्डी भएर पानी जम्ने भएको कारणले निकै समस्या रहेको लोहराैली देखि गेरमा सडक मर्मतको लागि जनप्रतिनिधिहरु ध्यान जान अवश्यक रहेको स्थानीय बासी बताउँछन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार