२०८३ वैशाख १८ गते शुक्रवार | May 01, 2026

गृहपृष्ठ रोटरी र रोट्रयाक्ट क्लब अफ मणिग्रामको संयुक्त बैठक सम्पन्न

रोटरी र रोट्रयाक्ट क्लब अफ मणिग्रामको संयुक्त बैठक सम्पन्न

मणिग्राम, ६ भाद्र । रोटरी क्लब अफ मणिग्राम र रोट्रयाक्ट क्लब अफ मणिग्रामको संयुक्त बैठक सम्पन्न भएको छ । रोटरी क्लब अफ मणिग्रामका अध्यक्ष केशवप्रसाद न्यौपानेको अध्यक्षता र सचिव सागर पाठकको संचालनमा भएको कार्यक्रमको प्रमुख अतिथिमा ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक मदन कुँवर रहेका थिए ।

कार्यक्रममा प्रहरी नायव उपरीक्षक कुँवरले लागु औषध दुब्र्यसन, आत्महत्या, सवारी दुर्घटना लगायतका समस्या प्रहरीका लागि चुनौति बनिरहेको बताए । उनले लागु औषध प्रयोग गर्ने युवायुवतीको संख्या अत्याधिक रहेको र यसले परिवारमात्र नभई सिंगो समाजलाई नै समस्यामा पारेको उल्लेख गर्दै संघ संस्था र युवाहरुले यसबिरुद्ध जनचेतना जगाउनुपर्नेमा जोड दिए । पछिल्लो समयमा कोरोना महामारीले भन्दा आत्महत्याले धेरै मानिसको मृत्यु भएको उदाहरण दिदै कुँवरले गत बर्ष बुटवल एरियामा मात्र १ सय १४ जनाले आत्महत्या गरेको जनाए ।

प्रहरीका अनुसार बुटवल क्षेत्रमा मात्रै एक बर्षमा ६८ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका छन् । प्रहरीले आत्महत्या, सवारी दुर्घटना र लागु औषध दुव्र्यसन नियन्त्रणका लागि बिशेष अभियान शुरु गरेको जनाएको छ । प्रहरी नायव उपरिक्षक कुँवरले घर दैलो अभियान, जनचेतनामूलक कार्यक्रम मार्फत अपराध नियन्त्रणका प्रयास भैरहेको उल्लेख गर्दै भने – अपराध नियन्त्रणका लागि प्रहरीले मात्र प्रयास गरेर हुँदैन, आम समुदायको पनि साथ र सहयोग चाहिन्छ । उनले रोटरी र रोट्रयाक्ट क्लबका सदस्यहरुलाई शुद्ध भावनाले समाज रुपान्तरणमा अग्रसर हुन पनि आग्रह गरे ।

बैठकमा क्लबका सल्लाहकार लक्ष्मण ज्ञवालीले क्लबलाई सामाजिक क्षेत्रमा जोड्न नसके रोटरीको उद्देश्य प्राप्ति नहुने बताए । उनले सदस्य संख्या बिस्तार र बार्षिक लक्ष्य अनुसार अघि बढ्न आग्रह गरे । कार्यक्रममा क्बलको सदस्य बन्न ईच्छुक भरत राना र भरत पुनलाई स्वागत गरिएको थियो ।

कार्यक्रममा रोट्रयाक्ट क्लब अफ मणिग्रामका अध्यक्ष निराजन अर्याल, रोटरी क्बल अफ मणिग्रामका प्रेसिडेण्ट नोमिनी निर्मल बस्याल, सर्जेट एट आम्र्स नविन अर्याल, रोट्रयाक्ट क्लबका कोषाध्यक्ष गणेश पन्त, इन्ट्रयाक्ट क्बल अफ नवज्योतिका चार्टर्ड प्रेसिडेण्ट अनिस ज्ञवालीलगायतले पनि मन्तब्य ब्यक्त गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार