गृहपृष्ठ नेपालमा थप ४४ जना संक्रमितले गुमाए ज्यान, आज कति थपिए ?
नेपालमा थप ४४ जना संक्रमितले गुमाए ज्यान, आज कति थपिए ?
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ४८२ जना व्यक्ति कोरोना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गर्दा १५ हजार २९० जनाको पिसिआर र एन्टीजेन परीक्षण गर्दा २ हजार ४८२ जना संक्रमित पुष्टि भएका हुन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार ९ हजार ७११ ज्नाको पिसिआर परीक्षण गर्दा १ हजार ८६२ जना र ५ हजार ५७९ जनाको एन्टीजेन परीक्षण गर्दा ६२० जनामा संक्रमण पुष्टि भएको हो । आज ३९६ जना होम आइसोलेसनमा रहेका छन् ।
पछिल्लो २४ घण्टामा देशभर ४४ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म १० हजार ६१२ जना संक्रमितको मृत्यु भएको छ । २४ घण्टामा देशभर १ हजार ७८१ जना संक्रमित निको भएका छन् । नेपाल संक्रमित निको हुने दर ९३ दशमलब ५ प्रतिशत रहेको छ ।
देशभर ३८ हजार २८७ जना सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ३५ हजार २५० जना संक्रमित होम आइसोलेसनमा छन् भने ३ हजार ३७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । ६१० जना आइसियु र १६१ जना संक्रमित भेन्टिलेटरमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।





