गृहपृष्ठ अविरल वर्षाका कारण डुबानमा परेकाहरुको उद्धारमा खटिन युवासंघको निर्देशन
अविरल वर्षाका कारण डुबानमा परेकाहरुको उद्धारमा खटिन युवासंघको निर्देशन
बुटवल,११ भाद्र । नेकपा एमालेको भातृ संगठन राष्टिय युवा संघ नेपालले बाढीमा परेकाहरको उद्धारमा लाग्न युवाहरुलाई निर्देशन दिएको बताएको छ ।
युवा संघ नेपालका उपाध्यक्ष सुमन पुरीले तराईका जिल्लाहरमा आएको बाढीका कारण समस्यामा परेका नागरिकहरुलाई उद्धार गर्ने कार्यमा सक्रियता पुर्वक लाग्न युवासंघ सम्वद्ध युवाहरुलाई निर्देशन दिएको बताए ।
हामीले युवा संघका सबै कमिटीहरुलाई परिचालन हुन निर्देशन दिएका छौं । युवासंघका कार्यकर्ताहरु उद्धारमा खटिई रहनुभएको छ । अब क्षतीको विवरण संकलन गरेर राहत वितरण गर्नेछौ पुरीले भने; पुरीका अनुसार बाढीका कारण सबैभन्दा बढी समस्यामा परेका नागरिकलाई उद्धारसंगै त्यसबाट भएको क्षतीको विवरण आईसके पश्चात राहत वितरण गरिने छ ।
बिहिबार रातीदेखि आएको अबिरल बर्षाका कारण पुर्वपश्चिम महेन्द्र राजमार्गका विभिन्न ठाउँमा पुल तथा कल्भर्टहरु भत्किएपछि राजमार्ग अवरुद्ध भएका छन भने लुम्बिनी प्रदेशका तराईका अत्याधिक जिल्लाहरुमा क्षती पुगेको छ ।





