२०८३ मंसिर २ गते मंगलवार | November 17, 2026

गृहपृष्ठ नेपालसँगको मैत्रिपुर्ण खेलका लागि भारतीय टिमको घोषणा, सुनिल पनि खेल्ने

नेपालसँगको मैत्रिपुर्ण खेलका लागि भारतीय टिमको घोषणा, सुनिल पनि खेल्ने

काठमाडौं,११ भाद्र । भारतले नेपालविरुद्धको मैत्रीपूर्ण खेलका लागि टिमको घोषणा गरेको छ।

भारतका मुख्य प्रशिक्षक इगोर स्टिमेकले शुक्रबार नेपालविरुद्ध खेलका लागि २५ सदस्यीय टिमको घोषणा गरेका हुन्।

भारतले घोषणा गरेको टिममा कप्तान सुनिल क्षेत्री लगायतका सिनियर खेलाडीलाई समावेश गरिएको छ ।

भारतले नेपालसँग त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल खेल्नेछ ।

मैत्रीपूर्ण खेल भदौ १७ र २० (सेप्टेम्बर २ र ५) मा हुनेछ ।

माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपाल र भारतले मैत्रीपूर्ण खेल खेल्न लागेको हो।

साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ (असोज १५ देखि ३०) गतेसम्म आयोजना हुनेछ ।

यस्तो छ २५ सदस्यीय भारतीय टोली :

गोलरक्षक : अमरिन्दर सिंह, धिरज सिंह मोइरंगथेम, गुरप्रितसिंह सन्धु

डिफेन्डर : प्रितम कोटल, चिङलेनसाना सिंह, मन्दर राव देसाई, आकाश मिश्रा, राहुल भेके, सुभासिस बोस, सेरिटन फर्नान्डेस

मिडफिल्डर : ललेंगमावा, बिपिन सिंह, अनिरुध थापा, सहाल अब्दुल समाद, ब्रेन्डन फर्नान्डेस, लिस्टन कोलाको, यासिर मोहम्मद, ग्लेन मार्टिन्स, सुरेश सिंह वांग्जम, जिक्सन सिंह, प्रनय हल्दर

फरवार्ड : मनविर सिंह, रहिम अलि, सुनिल क्षेत्री, फारुख चौधरी

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार