गृहपृष्ठ आज शुक्रबार नेपालमा कुन उमेरका कति संक्रमित थपिए ?
आज शुक्रबार नेपालमा कुन उमेरका कति संक्रमित थपिए ?
काठमाडौं,११ भाद्र । नेपालमा पछिल्लो २४ घण्टामा कोभिड-१९ का २ हजार ६५ जना संक्रमित थपिएका छन् । जसमध्ये १० वर्षसम्मका बालबालिका ३९ जना र ११ देखि २० वर्षका १२० जना रहेका छन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा संक्रमित हुनेहरुमा सबैभन्दा धेरै २१ देखि ३० सम्मका ४०५ जना रहेका छन् । ३१ देखि ४० वर्षका नागरिक ३४९ जना रहेका छन् । ४१ देखि ५० वर्षका २७७, ५१ देखि ६० वर्षका १७४ जना, ६१ देखि ७० का ११४ जना छन् ।
त्यस्तै, ७१ देखि ८० वर्षका ६४ जना, ८० देखि माथिका ३४ जना रहेका छन् । त्यस्तै १ जनाको उमेर खुल्न सकेको छैन । अहिले देशभर ६२२ जना आईसीयूमा र १७१ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।





